मलंगवा घटना अनुगमनको लागि मधेशी आयोगले उच्चस्तरीय अनुगमन टोली सर्लाही पठायो

मलंगवा घटना अनुगमनको लागि मधेशी आयोगले उच्चस्तरीय अनुगमन टोली सर्लाही पठायो

  • आइतवार, अशोज ७, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

मधेशी आयोगले सर्लाही जिल्लाको मलंगवा नगरपालिकामा कृष्णाष्टमी पुजाको मुर्ती जलप्रवाह, विश्वकर्मा पुजाको मुर्ती जलप्रवाह तथा गणेश पुजाको मुर्ती जलप्रवाह गर्न जाँदा पथमा अवरोध उत्पन्न गराई साम्प्रदायिक दंगा फैलाउने घटनाको सत्यतथ्य पता लगाउन एक उच्चस्तरीय अनुगमन टोली सर्लाही पठाएको छ ।

आयोगले जारी गरेको एक प्रेस विज्ञप्तिमा आयोगले सो घटना प्रति खेद प्रकट गर्दै सो घटनालाई आयोगले गम्भीरतापूर्वक हेरिरहेको बताएको छ । गत शुक्रबार गणेश चतुर्थिको मुर्ती सेलाउने क्रममा पुनः झडप भएको र त्यसपछि सो घटनाले अझ उग्र रुप लिएको आयोगको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आयोगले कानुन विपरित कार्य गर्ने जो(कोही लाई पनि कानुनी दायरा भित्र यथाशिघ्र ल्याउन स्थानीय प्रशासनलाई सचेत गराएको छ । आयोगले सो घटनामा घाइते भएकाहरुको उपचारको लागि सरकारलाई तुरुन्त आवश्यक व्यवस्था मिलाउन समेत ध्यानकर्षण गराएको छ । आयोगले अनुगमन टोलीलाई सबै सरोकारवालाहरुले आवश्यक सहयोग गरिदिन समेत आग्रह गरेको छ ।

आयोगका अध्यक्ष डा।विजयकुमार दत्तले यस्ता साम्प्रदायिक घटनाहरु प्रति आयोग गम्भीर रहेको बताउदै यस्ता घटनाहरुका दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन आयोगले समय(समयमा स्थानीय प्रशासनलाई निर्देशन दिएको तथा संघीय, प्रदेश तथा स्थानीय सरकारलाई सचेत समेत गराइएको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ