क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित

  • शनिबार, अशोज ६, २०८०
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा बर्तमान अध्यक्ष चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् ।
क्यानको नयाँ नेतृत्व चयनका लागि शनिबार चुनाव हुने तयारी भईरहेको बेला चन्द निर्विरोध हुन सफल भएका हुन् । उनको बिरुद्ध उम्मेदवारी दिने तयारी गरेका विनय राजभण्डारीले उम्मेवारी नै नहालेपछि चन्द निर्विरोध भए ।

नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सचिवमा उम्मेदवारी दिएका छन् । खड्काको विरुद्ध प्रशान्त विक्रम मल्लले उम्मेदवारी दिएका छन् । कुल ८५ मतदाता रहेकोमा प्रतिनिधि छनौटमा विवाद भएकाले झापाको मताधिकार काटिएको छ ।

जसका कारण कुल मतसंख्या ८४ मात्रै कायम गरिएको छ । कुनै पनि पदमा जित्नका लागि न्युनतम ४३ मत आवश्यक पर्ने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ