चीनको हाङझाओमा १९ औँ एशियाली खेलकुद प्रतियोगीताको भव्य उद्घाटन हुँदै

चीनको हाङझाओमा १९ औँ एशियाली खेलकुद प्रतियोगीताको भव्य उद्घाटन हुँदै

  • शनिबार, अशोज ६, २०८०
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

असोज ६ काठमाडौं । १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) आजबाट चीनको हाङ्चाओ सहरमा सुरु हुँदैछ। खेलाडी र पदाधीकारी , व्यवस्थापक गरी १२ हजार ५ सय बढी यो प्रतियोगीतामा सहभागी हुने छन् ।

जसमा ४० खेल, ६१ वटा विधा र ४ सय ८१ प्रतिस्पर्धा हुनेछन्। एसियाली खेलकुद कुम्भ मेलाको उद्घाटन चीनका राष्ट्रपति सी जिनपिङले आमन्त्रित विदेशी राष्ट्र प्रमुखहरुलाई आतिथ्यता दिँदै गर्नेछन्। खेलाडीको मनोबल बढाउन तथा खेल कूटनीतिमा नेपालको भूमिका स्थापित गर्न चीनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उद्घाटन समारोहमा सहभागी हुनेछन्।

प्रतियोगिताको उद्घाटन समारोहमा भाग लिन सिरियालगायत कयौं मुलुकका राष्ट्रपति र सरकार प्रमुख र नेताहरू हाङ्चाओ सहर पुगेका छन्। प्रतियोगितामा एसियाली मुलुकका कीर्तिमानधारी खेलाडीको ठूलो संख्यामा सहभागिता हुनेछ। भविष्यमा हृदयदेखि हृदयसम्म ९हर्ट टु हर्ट एट फ्युचर० मूल नारा रहेको उक्त प्रतियोगिताका लागि हाङ्चाओ सहर हरेक तयारीका हिसाबले चुस्त, व्यवस्थित, सुन्दर, मनमोहक र झकिझकाउ तुल्याइएको छ। हाङ्चाओ ओलम्पिक खेलकुद केन्द्रमा चम्किलो लाइट सोसमेतको व्यवस्थापन गरिएको छ।

एसियाली मुलुकका लागि प्रतियोगिता एक आकर्षक र प्रतिष्ठाको विषय बनेको छ। प्रतियोगिता हाङ्चाओका साथै नजिकका छिमेकी सहरमा समेत आयोजना हुनेछ। विश्वका ४५ देशको सहभागिता रहने कुल ४० खेलमध्ये प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १ सय २७ महिला र १ सय २६ जना पुरुष गरी २ सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

एसियाडमा नेपालबाट तेक्वान्दोमा ११, फुटबलमा २२, बास्केटबलमा ४, आर्चरीमा ४, एथलेटिक्समा ८, ब्याडमिन्टनमा ८, बक्सिङमा १३, ब्रेकिनमा १, क्यानोइमा १, क्रिकेटमा १५, साइक्लिङमा २ र ई–स्पोर्टस्मा २३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

कराँतेमा ८, गल्फमा ६, कुस्तीमा ४, ह्यान्डबलमा १६, जुडोमा ८, कपर्र्दीमा १२, रग्बीमा १२, सुटिङमा २, स्क्वासमा ६, पौडीमा ४, फेन्सिङमा ६, टेबलटेनिसमा ६, टेनिसमा ६, ट्रायथलनमा ४, भलिबलमा २४, भारत्तोलनमा ५ तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ। एसियाडमा ठूलो संख्यामा नेपाली खेलाडी सहभागिता हुन लागेको पहिलो घटना हो। नेपालले कराँते र तेक्वान्दालगायत मार्सल आर्ट खेल विधामा विगतदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको छ। प्रतियोगितामा मुलुकका तीन सुरक्षा निकायका विभागीय टोलीबाट १ सय ६२ जना खेलाडी सहभागिता रहनेछ। नेपाली सेनाका ६३, सशस्त्र प्रहरी बलका ५३ र नेपाल प्रहरीका ४६ खेलाडीले विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्नेछन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ