मुगुको सदरमुकाम गमगढीमा भीषण आगो लाग्दा ८ घर जलेर खरानी

मुगुको सदरमुकाम गमगढीमा भीषण आगो लाग्दा ८ घर जलेर खरानी

  • शनिबार, अशोज ६, २०८०
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

मुगु असोज ६ । मुगु जिल्ला सदरमुकाम गमगढीमा गएराति भीषण आगलागी हुँदा ८ घर जलेर खरानी भएका छन् ।

गमगढीको कालिका मालिका मन्दिर भन्दा पछाडि रहेको बजारमा राति साढे १ बजेतिर आगलागी हुँदा प्रदीप रावल, पुतली शाही, जंग ऐडी, शान्त्वना खत्री, पञ्च सेजुवालको घर र पदमराज मल्ल टिनको टहरासहित ८ जनाको घर जलेर पूर्णरुपमा ध्वस्त भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।

साढे १ बजे सुरु भएको आगलागी राति ४ बजे नियन्त्रण आएको प्रहरीले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, रेडक्रसकर्मी स्थानीयबासी खटिएर आगलागी नियन्त्रणमा लिन सफल भएका थिए ।

आगलागीको क्षतिको विवरण आउन बाँकी रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ