बीरगञ्जमा हिन्दु धर्मका पक्षमा प्रदर्शन र मोटरसाईकल र्याली

बीरगञ्जमा हिन्दु धर्मका पक्षमा प्रदर्शन र मोटरसाईकल र्याली

  • शुक्रबार, अशोज ५, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

वीरगंज ५ असोज । बिरगंजमा हिन्दूवादी युवाहरुले शुक्रबार सांझ बिरोध प्रदर्शन सहित मोटरसाइकल जुनुस निकालेको छ । सर्लाहीको सदरमुकाम मलंगवामा भएको घटनाको विरोधमा शनिबार हिन्दु समाजले वीरगंज बन्दको आव्हान गरेको छ ।

सर्लाहीको मलंगवामा बिहीबार साँझ गणेशको मूर्ति सेलाउन जाने क्रममा हिन्दु र मुस्लिम समुदाबीच झडप भएको थियो । जसमा स्थानीय रुपेश यादवमाथि छुरा प्रहार भएको थियो । युवकको अवस्था गम्भीर रहेको छ ।

सोही घटनाको विरोधमा हिन्दुवादी संघरसंगठनहरुले वीरगंज बन्दको आवहान गरेका हुन् । वीरगंज बन्दलाई सफल बनाउन हिन्दु युवाहरुले शुक्रबार सांझ वीरगंजमा निकालेको मोटरसाइकल र्याली वीरगंज बजार क्षेत्रको परिक्रममा गर्दै घण्टाघरमा पुगेर सम्पन्न भएको थियो ।

बसपार्क देखि घण्टाघरमा प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन समेत गरेका थिए । उनीहरुले शनिबार वीरगंजका पसलहरु बन्द गरेर बन्द सफल बनाउन वीरगंजबासीमा आग्रह समेत गरेको छ । प्रदर्शनकारीहरुले भोलीको बन्द सफल पार्न शनिबार विहान १० बजे वीरगंजस्थित ठाकुर राम बहुमुखी क्याम्पसमा समाजका सबै जनालाई जम्मा हुन पनि आवहान गरेका छन् ।

हिन्दु युवाहरुले मोटरसाइकल र्याली बसपार्क देखि घणटघर हुँदै माइस्थान चौक , अलखिया मठ , आदेशनगर चौक , घडियरवा चौक , माइस्थान , घणटघर , मुर्ली चौक , पावरहाउस चौक , गण्डक चौक , परवानिपुर चौक हुँदै घणटघरमा आएर समापन भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ