नारायणी अस्पतालमा सहनीमाथि कार्बाही नभएको भन्दै कर्मचारी असन्तुष्ट

नारायणी अस्पतालमा सहनीमाथि कार्बाही नभएको भन्दै कर्मचारी असन्तुष्ट

  • शुक्रबार, अशोज ५, २०८०
  • दीपक चौरासीया

  • 16.5K
    SHARES

५ असोज । नारायणी अस्पतालमा लेखापाल अखलेश सहनीमाथि कार्बाही नभएकोमा कर्मचारी असन्तुष्ट बनेका छन् ।

नारायणी अस्पतालमा सहनीका कारण डाक्टर देखि कर्मचारी समेत असन्तुष्ट बन्दै आएका छन । अस्पताल प्रशासनले समेत कारवही गर्न प्रक्रिया अगाडि बढाएको भए पनि कार्बाही नभएपछि उनले आफूलाई कसैले केही गर्न सक्दैन भन्ने गरेको गुनासो कर्मचारी स्रोतको छ ।

हाम्रो पावर धेरै छ कसले के गर्न सक्छन् भन्दै उल्टै कर्मचारी तथा डाक्टरहरुलाई थर्काउनमा सहनी लागि परेको स्रोतको भनाई छ ।

नारायणी अस्पतालमा अकलेश सहनीले गत वर्ष मात्र अस्पतालको लागि चाहिने सामानहरु खरिद गरेको भन्दै भुक्तानी भएको थियो । तर अस्पतालमा ती सामानहरु भने उपलब्ध नगराए पछि उक्त घटना बाहिर आएको थियो । जुसमा सहनीको भूमिका रहेको कर्मचारी निकट स्रोत बताउछ ।

सहनी नारायणी अस्पतालको लेखापालको रुपमा कार्यरत रहेका छन् । गत आर्थीक बर्षमा समान खरिद नगरी बिल बनाई, स्टोर दाखिला गरी भुक्तानी दिएको घटना सार्वजनिक भएको थियो ।

सहनीले वीरगजको एक पसलबाट १० लाख बराबरको सर्जिकल आईटम,फिर्निचर तथा मेडिसिन सामान खरिद गरेको बिल भुक्तानी दिएको समेत स्रोतले जनाएको छ । ती खरीद गरिएका भनिएको सामान स्टोरमा फेला नपरेपछि कर्मचारी चकित परेका थिए ।
तर मिर्मिरेसँग कुरा गर्दै सहनीले लेखा प्रमुखले विल भुक्तानी गर्ने भएकाले यो प्रकृयामा आफू सम्बन्धित नभएको प्रतिकृया दिएका छन् । सामान स्टोरले ल्याउने र बिल भुक्तानी लेखा प्रमुखले गर्ने हो , यसमा मेरो संलग्नता छैन, सहनीले भने ।

अर्कोतिर सहनी सहित कर्मचारी केही समय अघि गाईनो वार्डमा रातीको समयमा मदिरा सेवन गरि नर्सहरु बस्ने ठाउँमा पुगेको चर्चा भएको थियो । यो घटना भने गत साउनको हो । त्यसपछि सो घटनाका बारेमा छानविन गर्न समिति बनेको थियो । सो छानविन प्रतिवेदनको अध्ययन गरेर मन्त्रालयले अहिले सम्म कुनै निर्णय गरेको छैन । सहनीलाई कार्बाही हुनै पर्ने पक्षमा कर्मचारीहरु लागि परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी