यतिवेला म प्राय गाउँमै बस्छु । ग्रामीण क्षेत्रमा बसोबास गर्ने भएको कारण । शहर केन्द्रीत कार्यक्रमहरु त्यति हेर्न पाउँदिन । किनकी मेरो गाउँमा इन्टरनेटको पहुँच राम्ररी पुगेको छैन । अहिले पनि अधिकांस गाउँहरुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय घटनाहरु रेडियोकै माध्ययमद्धारा सुन्ने प्रचलन छ । कुनै–कुनै ठाउँमा मोवाइको सिममा डाटा किनेर बल्ल तल्ल २जी, ३जी र ४जी चल्छ । त्यसैको माध्ययमद्धारा फेसबुक, ट्वीटर, र टिकटक चलाउने गरिन्छ । कहिले काहि मोवाइलमा पैशा लगाएको समयमा त्यसरी नै रम्ने गरिन्छ । मेरो गाउँ पूर्वि पहाडी जिल्ला खोटाङ हो । यहाँ गीत, संगीत र कलाकारिता सम्बन्धी क्षमता र दक्षता राख्ने मानिहरु धेरै छन् । त्यसकारण हामीले मनोरञ्जन मन पराउनु स्वभाविक मानिन्छ । अझै पनि डाँडा÷पाखाहरुमा गाउँले भाकाहरु बेस्सरी गाइन्छ ।
अहिले म काठमाडौ आएको छु । मेरो गाउँपालिकाको पूर्व उपाध्यक्ष सपना राईको फेसबुक स्टाटसमा नेपाली चलचित्र “नाङ्गो गाउँ” हेरेर प्रतिकृया दिएको देखे । उक्त चलचित्रको कथाले बेस्सरी मन छोएको भन्ने स्टाटसको आशय थियो । त्यसपछि चलचित्र “नाङ्गो गाउँ” हेर्न मेरो आँठ बर्षको छोरा कमरेड भनिके चाम्लिङलाई लिएर के.एल. टावर हलमा पुगे । लेखक तथा निर्देशक दिपेन्द्र लामाले लेख्नु भएको र निर्देशन गर्नु भएको “नाङ्गो गाउँ” हेरेपछि । कतिपय आफ्नो जीवन घटनासँग मेल खाएको विषयले झनै मनलाई लोभ्यायो । त्यसपछि मेरो भोगाई र चलचित्रको कथाको सारशंहरु लेख्ने प्रयत्न गरेको छु ।

विषयको उठानः–
गाउँको विद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराई पठन–पाठनमा ध्यान दिनु पर्ने पासाङ सरको जोड थियो । विद्यार्थीको भविष्य निर्माणमा सवै समुदायहरु जुटेर लाग्नु पर्ने सकारात्मक सोच रहेको थियो । तर गाउँको ठूला बडा भनाउदाहरुको हातमा स्थानीय सरकार सधै कव्जामा हुनुले विकास, सुशासन र संमृद्धी जस्ता विषय पछि पर्दे जानु थियो । आफ्नो विद्यालयमा पालिका अध्यक्षले अयोग्य शिक्षक नियुक्ति गर्न दवाव दिनुनै अव शिक्षामा राजनीतिक घुस्यो भन्ने पासाङ सरलाई लाग्न थाल्यो । शिक्षा जस्तो पवित्र संस्थामा राजनीतिक हावी हुनु भनेको विद्यार्थीहरुको भविष्य विग्रनु हो । त्यसकारण अध्यक्षलाई भेट्न समेत पासाङ सर गएका थिए । र पासाङ सरले अध्यक्षलाई अनुरोध गरेका थिए । “तपाईको छोराले विद्यालयमा लगाएको ताला खुल्ला गरिदिनु प¥यो हजुर ।” अध्यक्षले विद्यालयको ताला खोल्ने त भयो तर दुई वटा शर्त अघि सारेको पाईयो । शर्त नं. १. कुनै पनि हालतमा मैले पठाएको मान्छेलाई विद्यालयमा हाजिर गराउनु प¥यो । शर्त नं. २. होइन भने पासाङ सर म जस्तै अध्यक्षको उमेद्धवारी उठेर देखाउनु प¥यो । पासाङ सरले शर्त स्वीकार गरी विद्यालयको पठन–पाठन शुचारु गरेका थिए भने शर्त नं. २ चाहि पासाङको जागीर सँग जोडिएको विषय थियो । उसको लागि त्यो अलि कठिन थियो ।
मलाई उस्तै लागेको विषयः–
त्यस्तो त मेरो कुनै शर्त नै थिएन । तर गाउँका युवाहरु अहिलेसम्म रोजगारी र विकाससँग कसैले पनि नजोडेको कारण मलाई त्यस्तो सरकार संचालन गर्ने शैली पटक्कै मन परेको थिएन । विद्यालय व्यवस्थापन समितिमा राजनीतिक, शिक्षकमा राजनीतिक, कर्मचारी नियुक्तिमा राजनीतिक । राजनीतिक त के –के ..मा, के–के..मा । अहिलेसम्म गाउँको समुदायहरु विकास र रोजगारीमा जोडिन नसक्नुनै गरिवीको प्रमुख कारण भन्ने लाग्यो । त्यसकारण मलाई पनि निर्वाचन प्रति मोह बढेर जान थाल्यो ।
पारिवारिक अवस्थाः–
संयोग पनि ठ्याक्कै मिल्यो । कथामा पासाङ सरको तीन जनाको परिवार हनु र मेरो पनि तीनै जनाको परिवार हुनु ।
उता जागीर छाडेर पासाङलाई पालिका अध्यक्ष उठ्न गाउँलेहरुको आग्रहः–
काभ्रेपलान्चोक जिल्लाको दुर्गम गाउँमा रहेको एक विद्यायलमा शिक्षक नियुक्तिमा पालिका अध्यक्षको दबावबाट शुरु भयो पासाङ सरको राजनीतिक । गाउँमा हुने सवैप्रकारको विभेद र स्थानीय तानाशाहीपनले गाउँहरु हैरान भएका थिए । जरी लामा पटक–पटक अध्यक्ष भएपछि उसको छोरा र आफन्तहरु गुण्डागर्दी गर्न छुट पाएका थिए । औषधीमा ब्रम्हलुट, योजना र विकासमा अनियमितता साथै गरीवहरुको पसिना माथीको खेलबाड जस्ता कार्य पासाङ सरलाई सहि सक्नु भएको थिएन । जरी लामा पुनः अध्यक्ष रहि रहने हो भने गरीवहरु झन गरीव हुने र धनीहरु अझ धनी हुदै जाने खतरा बढेको कारण पासाङ सरनै अघी बढ्नु पर्ने गाउँले समाजको चाहाना रहेको थियो । अध्यक्षको विरुद्धमा गाउँले मध्येबाट बोल्न सक्ने एक मात्र पात्रनै पासाङ सर हो । त्यसकारण पासाङ सरलाई जरीको विरुद्धमा उठाएर शिक्षा र विकासमा क्रान्ती गरेको हेर्ने रहर गाउलेहरुमा असाध्ये नै बढेको थियो । पासाङ सर पनि उठ्न इच्छा व्यक्त गर्छन् । तर उसको श्रीमतीले भने जागीरमै रहन आग्रह गर्छिन् । उसकी श्रीमतीलाई पनि पासाङ उठेर जरी लामाको तानाशाहीपनको अन्त्य गरेको हेर्ने मन त थियो । तर बाहिर व्यक्त गर्न भने किमार्थ सक्दिन थिइन ।

यता मलाई पनि जागीर छाडेर पालिका अध्यक्ष उठ्न गाउँलेहरुको आग्रहः–
पहिलो पटक लकडाउनको समय थियो । म नेपाल आयल निगमको प्रशासन सातौ तह अधिकृतमा कार्यरत थिए । काठमाडौको घर–घरमा ग्यास पु¥याउने कार्यमा प्रत्यक्ष जोडिएको थिए । त्यस समयमा मेरै गाउँको अघिकांस विद्यार्थी र मजदुरहरु काम बन्द भएपछि भोकै बसेको खवर पाए । मेरो कार्यालयले मलाई दिने तलवको सतप्रतिसत अधिक समय तलव र तलवको २५ प्रतिसत भत्ता मैले पाउने गरेको थिए । मेरो तलवको तीस हजार रुपैया आफूलाई घर खर्च राखेर बाँकी सबै मजदुरहरुलाई चामल, नुन, तेल, दाल लगायतको सामाग्री अधिकांस मजदुरहरुको कोठामा पु¥याउने गरेका थिए । म मात्र जागीरे भएर अरुको पेट नभरिने सोचसम्म पुगे । स्थानीय सरकारमा हुने बजेट र स्थानीय कर प्रणालीलाई व्यवस्थित गरी विकास र रोजगारीलाई प्रत्यक्ष जोड्न सकिने महशुस गर्न थाले । पछिल्लो समय सरकारले ३० बैशाख २०७९ को दिन स्थानीय तहको निर्वाचन घोषणा ग¥यो । मलाई पनि एउटा भिजन बोकेको पात्रको रुपमा समुदायले हेर्न थालियो । जागीर त्यागेर पालिका अध्यक्ष पदमा उठ्न समाजका अगुवाहरुले मलाई पनि पटक–पटक आग्रह नगरेको भने होइन । त्यसपछि मैले पनि पालिका अध्यक्ष पदमा भाग लिने सोच बनाए ।
उता धोका हुने शंका बढेपछिः–
ठेक्केदारले क्रसर संचालनमा आफू अनुकुल सहयोग गर्न आग्रह गर्दे चुनावी खर्च दिएपछि पासाङ सर झस्किएका थिए । ठेक्केदारबाट आर्थिक लेनदेन नगर्ने बताएपछि चुनाव हार्ने अलिकति डाउट शुरु भएको थियो । त्यसपछि अर्काे विचौलियाले प्रति भोट पाँच सय रुपैयाको दरले पैशा मागेपछि पासाङ सर अझ झस्किएका थिए । समर्थकहरुबाट पैशा खर्च उठाउने प्रस्ताव पासाङ सरलाई झनै स्वीकार्य भएन । त्यसपछि त पासाङ सरले चुनाव हारिने सजिलै अनुमान गर्न थाल्यो । धोका हुने खतरा बढेको कारण पासाङ सरको मन मरेर आयो । चुनाव नउठ्ने निधो भयो ।
मलाई पनि उस्तैः–
ज–जसले मलाई जागीरबाट राजिनामा दिएर निर्वाचनमा उठ्न मायालु दवाव दिएका थिए । समर्थक भनाउदाहरु र केहि पैशाको बार्गेनिङ गर्ने समाजका अगुवाहरुले म बाट आस र त्रास दुवै पाएका थिएनन् । उनीहरुले जति फाइदा उठाउन चाहन्थ्यो । त्यो फाइदा नपाउने उनीहरुमा विस्तारै निश्कर्ष निकाल्न थालेको बुझ्न पाइयो । मैले एक पटक त स्थायी जागीरबाट राजीनामा नदिने सोच बनाएका थिए । भोट किन्न लाखौ रुपैयाको डिमाण्ड म मा नआएको भने होइन । बार्गेनिङ गर्नेको ओइरो र म प्रति विश्वास गर्नेहरुको रोइलो दुवै थियो ।
पासाङ सरलाई समर्थकहरुबाट उठ्न आग्रहः–
बाउलाई हराउन आफ्नै छोरीले Boy Friend शंकरलाई पासाङ सरलाई निर्वाचनमा भाग लिन अनुरोध गरेका थिए । शंकर मात्र होइन सवै गाउँहरु पासाङ सरलाई भेटेर उमेद्धवारी दर्ता गर्न दवाव दिएका थिए । सवै समुदायको चाहाना र भावना विपरित आफू नरहेको बताउदै पासाङ सर पुनः उमेद्धवारी दर्ता गर्न तयार भए ।
जसरी पनि चुनाव जिताउने समर्थकको प्रतिबद्धताः–
मैले जागीर बाट राजीनामा नदिने योजना बनाएका थिए । तर समर्थकहरुले पढेलेखेको र भिजन भएको मान्छेले नजितेर कस्ले जित्छन् त ? हाम्रो पालिकाको लागि चाहिने तिमी मात्र हौं । भनेर हौसाएका थिए । समर्थकहरुको उक्त कुराबाट म प्रफुल्ल भए । त्यसपछि उमेद्धवारी दर्ता गरे ।
पहिले बढ्दो जन लहरः–
पासाङको निर्वाचन क्षेत्रमा जनलहर हेर्दा अत्याधिक बहुमतको आधारमा निर्वाचन जितिसकेको भान हुन्थ्यो । तर भित्र भित्रै पासाङलाई सिध्याउन आफ्नै मान्छेहरु लागेको पासाङले पत्तो पाएनन् ।
मेरोे जन लहरबाट विपक्षीहरु नै तर्सिएः–
मेरो पार्टी र म प्रति कलाकारहरुको टोली देखि युवा हुँदै आम समुदायको जनलहर हेर्दा मैले अहिलेनै भारी मतले चुनाव जितिसकेको महशुुस हुन्थ्यो । तर भित्रीरुपमा ज–जस्ले जिताउने पूर्व वचन दिएका थिए । उनीहरुबाट साथ र सहयोग पाएछि बिपक्षीहरुनै तर्सिएका थिए ।
चुनाव आउने समयमा धोका बढ्दै जानुः–
जव–जव मतदान हुने दिन नजिकिदै आउछ । तव– तव अवसरबादीहरु जरी लामाको पक्षमा आर्थिक लेनदेन लगायत अन्य स्वर्थमा भुल्न थाल्छ । एक पटक समस्याको समाधान गरेर बर्षाैं पेलान खेप्न तयार हुने समाजहरु समेत पासाङलाई हराउन फेरी उद्धत रहन्छन् ।

यता पनि ३० बैशाखको चुनावमा २८ बाट धोका शुरुः–
म गाउँको सामान्य परिवार भित्रको एक पात्र हुँ । एक अर्थमा भन्ने हो भनेः– मैले मात्र होइन । मेरो आफन्तहरुको समेत १० बर्षसम्म पेट पाल्न मद्धत गरेको जागीरलाई छाड्नु मात्र पनि चानचुने कुरा थिएन । उता हाम्रो समुदायको आर्थिक र शैक्षिक अवस्था कहिले परिवर्तन होला । भन्ने चिन्ता बढ्दै थियो । जस्ले मलाई पूर्णरुपमा सहयोग गर्छु भन्नेहरुको जागर नचलेको कारण लगभग म २९ बैशाखदेखि नै हारिसके भन्ने प्रष्ट हुन्थ्यो । विस्तारै विस्तारै स्वार्थि समर्थक र अवसरबादी गाउले नेताहरुको हाउभाउ फरक हुन थाल्यो । जस्ले मलाई मरिहत्थे गरेर जिताउन चाह्यो । ती मान्छेलाई कसैले पत्याउने अवस्थानै थिएन । किनकी ती समर्थकले कसैलाई अवसरमा डुवाउन सक्दैन थ्ये । उता जुन समुदायको निम्ति अगुवाको भूमिकामा आउन चाहनेहरु चाहि विस्तारै अलग हुदै गएका थिए । ज–जस्ले मलाई जिताउन विगतमा लागि पर्नेहरु विस्तारै–विस्तारै म बाट ढाडिन थाले ।
मिल्दा जुल्दा मत परिणामः–
जसरी कथामा पासाङ सरलाई अत्याधिक मत आउनुपर्ने ठाँउहरुबाट धोका भयो । ठिक उस्तै गरि मेरो पनि त्यस्तै भयो । समुदायले परिवर्तन चाहेको भए तापनि गाउँका घुमाउनु जान्ने सिमित मान्छेहरुको हातमा समाज रहेको कारण इमान्दारले हार्नु पर्ने बाध्यता रह्यो । यो बाध्यता आज मात्र होइन । परम्परादेखिनै यस्तै हुँदै आएको छ । र भोलिका दिनमा पनि यस्तै परिपाटी नहोला भन्न सकिन्न ।
फरक यति हो….
कथामा पासाङ सरले चियापान गराई धन्यवाद दिने कार्यक्रम राखेकोमा जरी लामाको मासु भातमा समुदायहरु विकेको पाइयो । मेरो धन्यवाद दिने कार्यक्रममा भोट दिने र नदिने सबै भेला भएका थिए । भने जरीसँग पासाङ सरले नाङ्गीने बाचा गरेका थिए भने मैले नाङ्गीने कुनै बाचा गरेको थिइन । हरेक मान्छे चेतनास्तर बरावर हुदैन । आफू नाङ्गीएर शासकको दमन सहनु राजिहुने समुदायसँग गुनासो गर्नु राजनीतिकको किमार्थ धर्म होइन । यो मानेमा मैले धर्म छाडिन । त्यसकारण केवल समयको प्रतिक्षा मात्र गरेको हुँ ।
चलचित्रको निष्कर्षः
चुनावमा इमान्दार काम गर्ने मानिसहरु कति दिन गाउँको छोटे राजा भनाउदाहरुलाई विश्वास गर्ने ? अनि कति दिन विश्वास नगर्ने ? भन्ने बारे उमेद्धवारले गम्भिर हुनु पर्ने देखिन्छ । साथै ग्रामीण क्षेत्रमा विकास र रोजगारी प्राप्त गर्न त्यति सजिलो छैन । समुदायनै नाङ्गीएर ठूला ठालुलाई सत्तामा पु¥याउने प्रचलनको भण्डाफोर गर्न असाध्ये नै कठिन छ । त्यसकारण गाउँनै नाङ्गीएर बस्नुको विकल्प नरहेको यो कथाको सार रहेको पाएँ । “नाङ्गो गाउँ” एक सामाजिक विषयबस्तुमा आधारित उत्कृष्ट चलचित्र लाग्यो । मन छोयो । मेरै जीवन भोगाईको बारेमा पो बनाएका हुन् कि ? भन्ने लाग्यो । मेरो ८ बर्षे छोराले त मेरो वाँया हात समाउदै भन्योः– “बाबा यो कथा चाहि ठ्याक्कै हाम्रो परिवारसँग मिल्दो रहेछ है । तर एउटा चाहि फरक पाएँ । पासाङ सरहरु गाउँ छाडेर पर्देशीय तर तपाई घरमै बसी रहनु भएको छ ।”
Email: grjanajati7@gmail.com,९८५१२०१२६१