एशियाड महिला फुटबलमा नेपालले आज भियतनाम बिरुद्ध प्रतिस्पर्धा गर्ने

एशियाड महिला फुटबलमा नेपालले आज भियतनाम बिरुद्ध प्रतिस्पर्धा गर्ने

  • शुक्रबार, अशोज ५, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

असोज ५ काठमाडौं । १९औं एसियाड अन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामसँग पहिलो खेलमा प्रतिस्पर्धा गर्दैछ ।

चीनको हान्झाउमा शनिवार औपचारिक उद्घाटन हुने १९औं एसियाड अन्तर्गत फुटबल, भलिबल र क्रिकेट खेलहरु यसअघि नै सुरु भइसकेका छन् । त्यसै क्रममा नेपाली राष्ट्रिय महिला फुटवल टोलीले आज प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल भन्दा भियतनाम बलियो टोली हो । उसले हालै सम्पन्न विश्वकप समेत खेलेको थियो भने नेपालले यस अघि भियतनाम बिरुद्ध खेलेको दुबै खेलमा पराजय व्यहोरेको थियो ।

समूह ‘डी’ मा रहेको नेपाल र भियतनामबीचको खेल वेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा नेपाली समय अनुसार पौने १ बजे सुरु हुनेछ । नेपाली महिला फुटबल टोलीले यसै गेममार्फत एसियन गेम्समा डेब्यु गर्दैछ । पहिलो पटक एसियन गेम्स खेल्न लागेको नेपालले समूह चरणमै विश्व विजेता रहिसकेको जापानसहित भियतनाम र बंगलादेशसँग समुह चरणमै खेल्नेछ ।

रेनुका नगरकोटीको कप्तानीमा रहेको नेपाली टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ