साफ यू–१९ च्याम्पियन आजबाट शुरु हुँदै, उपाधी जित्ने नेपालको लक्ष्य

साफ यू–१९ च्याम्पियन आजबाट शुरु हुँदै, उपाधी जित्ने नेपालको लक्ष्य

  • बिहिबार, अशोज ४, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं । आजबाट काठमाण्डौँमा साफ यु–१९ च्याम्पियनसिप शुरु हुँदैछ । घरेलु मैदानमा उपाधी जित्ने नेपाली टोलीको लक्ष्य रहेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा प्रतियोगिता अगाडि बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली युवा टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले तयारी राम्रो भएको र घरेलु मैदानको फाइदा उठाउँदै उत्कृष्ट प्रदर्शन दिने बताए ।

उता भारतले यो प्रतियोगिताका लागि सन् २०२१ देखि नै तयारी गर्दै आइरहेको छ । खेलाडीहरूलाई ट्रायलमार्फत छनोट गर्दै उनीहरूलाई साफका लागि दुई वर्षदेखि प्रशिक्षण गरिरहेको जनाएको छ । साथै साफ नजिकिएपछि साउदी अरेबिया गएर बन्द प्रशिक्षण गरेको थियो ।

भारतीय यु–१९ टोलीका प्रशिक्षक शुभेन्दु पान्डा पर्याप्त प्रशिक्षण गर्न पाएकाले सुखद् नतिजा आउनेमा आशावादी रहेको बताए ।

यु–१९ च्याम्पियनसिपको पाँचौ संस्करणसम्म आइपुग्दा नेपाल र भारतले समान दुई पटक उपाधि जितेका छन् । नेपालबाटै शुरु भएको यो उमेरसमूहको च्याम्पियनसिमा नेपालले तेस्रो पटक आयोजना गर्न लागेको हो । २०१५ मा काठमाडौंमा सम्पन्न पहिलो संस्करणमा विमल घर्तिमगरको कप्तानीमा नेपालले उपाधि जितेको थियो । त्यसको दुई वर्षपछि भुटानको थिम्पुमा नेपालले दोस्रो उपाधि जित्यो । यद्यपि, त्यो यु–१८ साफ च्याम्पियनसिप हो ।

अर्पण कार्कीको नेतृत्वमा नेपाल पाँच टोली सहभागी प्रतियोगितामा च्याम्पियन भएको थियो । सिंगल राउण्ड रोबिन पद्धतिमा अंकतालिकाको शीर्ष स्थानमा रहँदै लगातार दोस्रोपटक च्याम्पियन बनेको हो । तेस्रो संस्करण २०१९ मा नेपालले नै आयोजना गरेको थियो । तर, यु–१८ साफ च्याम्पियनसिपमा नेपालले समूहचरण पनि पार गर्न सकेन । पछिल्लो संस्करण २०२२ मा यु–२० साफ च्याम्पियनसिप भारतले आयोजना ग¥यो । तर, आयुष घलानको कप्तानी रहेको नेपालले यस उमेरसमूहमा पनि राम्रो नतिजा ल्याउन सकेन ।

सिंगल राउन्ड रोबिन पद्धतिका आधारमा भएको उक्त च्याम्पियनसिपमा नेपाल तेस्रो स्थानमा खुम्चियो । माल्दिभ्सका मुख्य प्रशिक्षक ऐहमद शाकिरले पनि ९० प्रतिशत घरेलु लिग खेलेका खेलाडी रहेको र पछिल्लो २८ दिनको प्रशिक्षणबाट सक्दो राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे ।

यस च्याम्पियनसिपमा बंगलादेशलाई पनि दाबेदार टोलीका रूपमा हेरिएको छ । बंगलादेशका प्रशिक्षक रसिद अहमदले तयारीका लागि कम समय पाएपनि यसपटक फाइनल पुग्ने लक्ष्य रहेको बताए ।

नेपालले बिहीबार साँझ साढे ५ बजे दशरथ रंगशालामा पाकिस्तानसँग प्रतिष्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यसअघि उद्घाटन खेलमा दिउँसा भारत र बंगलादेशबीच प्रतिष्पर्धा हुने छ ।

नेपाल यस च्याम्पियनसिपमा समूह ‘ए’ मा छ । यो समूहमा पाकिस्तान र माल्दिभ्स छन् । अर्को समूह ‘बी’ मा विजेता भारत, साबिक उपविजेता बंगलादेश र भूटान छन् । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । नेपालको पहिलो लक्ष्य समूहमा शीर्ष स्थान ओगट्दै सेमिफाइनलमा बलियो दाबेदारी प्रस्तुत गर्ने हुनेछ । समूह ‘ए’ मा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् । समूह ‘बी’ मा भारत, भूटान र बंगलादेश छन् । नेपालको कप्तानी गोलकिपर जियारथ शेखले गर्ने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी