‘सेभेन स्टार’का सूत्रधार जो निरन्तर फैलिरहेका छन्

‘सेभेन स्टार’का सूत्रधार जो निरन्तर फैलिरहेका छन्

  • मङ्लबार, अशोज २, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौँ । पर्वत पाङका शिव बास्तोला कक्षा १२ को पढाइ सकेपछि विदेश जानु पर्छ भन्ने पारीवारीक र साथीभाईको दबाबमा थिए । तर उनी उच्च शिक्षाका लागि २०६८ सालमा काठमाडौँ आए। मन तुलबुल थियो। तर उनले ‘ब्याचलर’ को पढाई अघि बढाए।

उनमा बीबीए पढेर नेपालमै केही गर्नुपर्छ भन्ने अठोट निरन्तर जागिरह््यो । त्यो बीचमा उनले एउटा ट्राभल कम्पनीमा काम गर्ने अवसर पाए ।

‘दुई महिना जति काम गरेको थिएँ। तर कम्पनी अगाडि बढ्न सकेन,’ आफ्नो पहिलो कामको अनुभव सुनाउँदै शिव भन्छन्, ‘मलाई कता कता ट्राभल्स एजेन्सीमा गरेको कामले यसैमा लाग्ने रस जगाइदियो।’

त्यसपछि उनले आफ्नै ट्राभल एजेन्सी खोल्ने संकल्प गरे। त्यही संकल्प र प्रतिबद्धताले सुरु भएको सेभेन स्टार इन्टरनेसनल ट्राभल एन्ड टुर्स प्रालि नामक कम्पनीले ठिक एक दशक पार गरेको छ। सन् २०१३ सेप्टेम्बर १९ मा कम्पनी दर्ता हुँदा यसको आफिस एउटा कोठामा सीमित थियो।

‘एक वर्षसम्म अफिस एउटा कोठामा राखियो तर पछि काम बढ्दै गएपछि बल्ल अलिक व्यवस्थित हुन थालियो’, पुराना दिन सम्झँदै कम्पनीका संस्थापक तथा सीईओ बास्तोला भन्छन्, ‘त्यो बेला कम्पनीका लागि शतप्रतिशत समय दिइयो। मेहनेत गरियो। ’

उनको प्रयासमा अहिले सबल बनेको यो कम्पनी बार्षिक करौडाँैको ब्यवशाय गर्ने गरेको छ । कम्पनीले करिब ३ वर्षसम्म एयरलाइन्सको स्टक लिन नमिल्ने एजेन्सीका रूपमा काम गर्‍यो। तर अहिले अन्तर्राष्ट्रिय एयरलाइन्सको हवाइ टिकटको आधिकारिक बिक्रेताका रुपमा कम्पनीले सेवा दिँदै आएको छ। हालसम्म ५०० भन्दा बढी सब–एजेन्सीलाई होलसेल हवाई टिकट बेच्ने गरेको छ कम्पनीले। अन्तर्राष्ट्रिय उडानका सबै खाले टिकट वितरण गर्ने लाइसेन्स पाएको कम्पनीले जापानको ओसाकामा पनि कार्यालय सञ्चालनमा ल्याएको छ।

कम्पनी स्थापनापछि ४ वर्ष बास्तोला एक्लैले कम्पनी चलाए। त्यसपछि, सन् २०१७ मा उनका भान्जा विष्णुप्रसाद कँडेल जोडिए। अध्ययनका लागि डेनमार्क पुगेका कँडेल नेपाल फर्केर मामाभान्जाले संयुक्त रुपमा कम्पनी चलाइरहेका छन्। अहिले कम्पनीको ६० प्रतिशत स्वामित्व शिव बास्तोला र ४० प्रतिशत स्वामित्व विष्णुप्रसाद कँडेलको छ ।

सेभेन स्टारले एक दशक पार गरेपछिको खुशी साट्दै कँडेलले नेपाल क्लिक्ससँग भने, ‘एउटा व्यावसायिक कम्पनी सफल बनाउन शतप्रतिशत प्रतिबद्धता र त्यत्तिकै मेहनेत जरुरी हुन्छ।’

हवाई टिकटमा सरकारले कर लगाउने विषयलाई सकारात्मक रुपले लिने बास्तोलाले ट्राभल एजेन्सी त छँदैछ, उड्ययन पर्यटनमा थप नयाँ योजनाहरुमा पनि काम गरिरहेका छन्। ‘हामी अरु ‘डिपार्चर’ मोडलमा जाने तयारीमा छौं। तर हाम्रो उद्देश्य भनेको नेपालबाट विदेश जाने र विदेशबाट नेपाल आउने नेपाली तथा विदेशी सबैका कसरी हवाई टिकटमा सर्भिस दिन सकिन्छ, कसरी सुविधा र बढी प्याकेज दिन सकिन्छ भन्ने नै हो।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी