अण्डर–१९ साफ् च्याम्पियनसिप फुटवल असोज ४ देखि काठमाण्डौँमा शुरु हुने

अण्डर–१९ साफ् च्याम्पियनसिप फुटवल असोज ४ देखि काठमाण्डौँमा शुरु हुने

  • मङ्लबार, अशोज २, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू–१९ च्याम्पियनसिप २०२३ आयोजनाको तयारी पूरा भएको जनाएको छ । असोज ४ देखि १३ गतेसम्म दशरथ रंगशालामा सञ्चालन हुने च्याम्पियनसपमा ६ देशले लिगकम नकआउटको आधारमा प्रतिस्पर्धा गर्दैछन् ।

‘मंगलबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले भुटान र बंगलादेशको टिम आइसकेको र भारत र माल्दिभ्सको टोली आज आउने जानकारी पनि दिए । पाकिस्तानी टोली भने भोली आउनेछ ।

दुई करोड ७७ लाख ३२ हजार आठ सय रुपैयाँ बजेटको प्रतियोगिताको लागि मैदान मर्मतसंभार तथा टिम व्यवस्थापनका सम्पूर्ण कार्य भइसकेको पनि उनले बताए । सन् २०१५ मा सुरु भएको पहिलो संस्करणमा घरेलु टिम नेपाल च्याम्पियन भएको थियो ।

च्याम्पियनसिप फेरि यू–१९ स्वरुपमा फर्किदा नेपाल, माल्दिभ्स र पाकिस्तान समूह ‘ए’ मा प्रतिस्पर्धा गर्दैछन् । डिफेन्डिङ च्याम्पियन भारत, गत संस्करणको उपविजेता बंगलादेश र भुटान समूह ‘बी’ मा छन् । समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।

जियारथ शेखको कप्तानीमा रहेको नेपाली टोलीले यस पटक घरेलु मैदान उपाधि जित्दै विगतको प्रदर्शनलाई दोहोर्‍याउने लक्ष्य राखेको छ ।

प्रतियोगिताका निर्देशक सञ्जिव मिश्रले प्रतियोगिताको सफल आयोजना गर्दै कम्तीमा फाइनलसँग पुग्ने लक्ष्य रहेको बताए ।

प्रतियोगिताको लागि भीआईपी प्यारापिटतर्फ ३०० र साधारण प्यारापिटतर्फ २०० टिकट मूल्य राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ