मोटरसाईकलले ठक्कर दिएको निहुँमा सञ्जयले मारिदिए चार जना

मोटरसाईकलले ठक्कर दिएको निहुँमा सञ्जयले मारिदिए चार जना

  • आइतवार, भदौ ३१, २०८०
  • मिर्मिरे अनलाइन

  • 59.1K
    SHARES

काठमाडौं । तीनकुने गैरीगाउँस्थित दिव्य सःमिलमा चार जनाको हत्या गर्ने आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हत्या आरोपी भनिएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा ९ स्थायी घर भएका र काठमाडौं काँडाघारीस्थित बीरेन्द्र चोकमा बस्ने २३ वर्षीय संजय भण्डारीलाई सार्वजनिक गरेको हो।

भण्डारीले चार जनाकै हत्या गरेको लिखित बयान दिएको काठमाडौं प्रहरी परिसर टेकुका एसएसपी सुमन सिंह राठोरले जानकारी दिए। बोल्न नसक्ने भण्डारी एक्लैले चारै जनाको हत्या गरेको बयान दिएका हुन्। प्रहरीले भण्डारीसँग सांकेतिक भाषाका दोभाषे राखेर बयान लिएको थियो।

रिसबी साँध्न आरोपी भण्डारीले विशाल राईको खुकुरी प्रहार गरी हत्या गरेका थिए। घटना थाहा हुने डरले उनले अन्य तीन जनाको समेत हत्या गरेको बयान दिएका छन् । प्रहरीका अनुसार केही समयअघि राईले चलाएको मोटरसाइकल दुर्घटनामा उनी परेका थिए। सोही विषयमा कुरा गर्न सःमिल पुग्दा राईले कुटपिट गरेपछि हत्या गरेको उनले प्रहरीलाई बयान दिएका छन्।

प्रहरी कार्यलयमा खबर गर्न पुगेका दिपेन्द्र राईलाई भने प्रहरीले रिहा गर्ने तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी