आज एशियाकपको फाईनल, श्रीलंका र भारतबीच उपाधीका लागि प्रतिस्पर्धा हुने

आज एशियाकपको फाईनल, श्रीलंका र भारतबीच उपाधीका लागि प्रतिस्पर्धा हुने

  • आइतवार, भदौ ३१, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

श्रीलंकाले एसिसी एसिया कप २०२३ को उपाधिका लागि घरेलु मैदानमा बलियो भारतको सामना गर्दै छ । कोलम्बोस्थित प्रेमदासा मैदानमा दिउँसो ३ः १५ बजे हुने फाइनलमा भारत र श्रीलंकाबीचको फाइनल रोमाञ्चक हुनेछ । भारतले शीर्ष स्थानमा रहँदै अन्तिम दुई तथा श्रीलंकाले सुपर फोरमा पाकिस्तानलाई इनिङ्सको अन्तिम बलमा हराउँदै फाइनल स्थान पक्का गरेको थियो । सुपर फोरको अन्तिम खेलमा भारत अप्रत्याशित रूपमा बंगलादेशसँग ६ रनले पराजित भयो ।

६ टोली सहभागी एसिया कपको १६औँ संस्करणमा एसोसिएट राष्ट्र नेपाल र टेस्ट राष्ट्र अफगानिस्तान समूह चरणबाटै बाहिरिएका थिए । नेपाल पहिलोपटक एसिया कपमा सहभागी भएको थियो । श्रीलंकन मौसम विभागले फाइनलको दिन ९० प्रतिशत वर्षा हुने जनाएको छ । वर्षाले प्रभावित भए खेल रिजर्भ डेमा हुनेछ ।

भारत पाँच वर्षपछि उपाधि जित्ने योजनामा छ । पछिल्लो पाँच वर्षयता भारतले कुनै पनि फर्म्याटमा उपाधि जितेको छैन । भारत आठौँ पटक विजेता बन्न चाहन्छ । श्रीलंका सातौँपटक च्याम्पियन बन्ने योजनामा छ । भारतले सन् २०१८ मा युएईमा भएको एसिया कप उपाधि जितेको थियो । सन् २०१८ पछि भारतले आइसिसीले आयोजना गर्ने पाँच र एसिसीले आयोजना गर्ने एक प्रतियोगिता खेलिसकेको छ ।

भारत एकदिवसीय एसिया कपमा १०औँ पटक फाइनल खेल्दै छ । यसअघि नौपटक फाइनल खेल्दा ६ पटक उपाधि भारतको पोल्टामा छ । भारतले सन् २०१६ मा भएको टी–२० एसिया कपको उपाधि जितेको थियो । भारतले नौमध्ये आठपटक श्रीलंका र एकपटक बंगलादेशविरुद्ध फाइनलमा प्रतिस्पर्धा गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ