डाक्टर कुटिएको बिरोधमा आज देशभरका अस्पतालका आकस्मिक बाहेकका सेवा ठप्प पारिदैँ

डाक्टर कुटिएको बिरोधमा आज देशभरका अस्पतालका आकस्मिक बाहेकका सेवा ठप्प पारिदैँ

  • आइतवार, भदौ ३१, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौँ — नेपाल चिकित्सक संघले आइतबार देशभरका सबै सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरुमा आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु पूर्णरुपमा बन्द गरिने जनाएको छ ।

चिकित्सक संघका अध्यक्ष डा. अनिल बिक्रम कार्की र महासचिव डा। सन्जीव तिवारीले विज्ञप्ति जारी गर्दै आइतबार स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा सञ्चालन हुन नदिने जनाएका हुन् ।

चिकित्सकहरुले भदौ २७ गते सन्चो अस्पताल हेटौंडामा डाक्टरमाथि भएको सांघातिक आक्रमणमा संलग्न दोषीहरु अबिलम्ब पत्ता लगाई फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्ने मागसहित आन्दोलन गरिरहेका छन् ।

‘चिकित्सकलाई हमला गर्ने ४ जना मात्र समातिएका छन्, जबकि हमला गर्ने १८ जनाभन्दा बढी थिए, अझ बाहिर रहेकाहरुलाई पनि हेर्ने हो भने २० देखि २५ जनासम्म आक्रमणकारी थिए’, महासचिव डा। तिवारीले भने, ‘देशभरका स्वास्थ्य संस्थाहरुमा अनिवार्यरुपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गरी भयरहीत वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था तुरुन्त मिलाउनु पर्छ ।’

यस अघि प्रधानमन्त्रीलाई भेटेर पनि उनीहरुले दोषीमाथि कार्बाही गर्न ७२ घण्टाको अल्टिमेटम दिएका थिए ।

प्रहरीले घटनामा संलग्न चार जनालाई पक्राउ गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ