काठमाडौं । काठमाडौँको तीनकुने स्थित गैह्रीगाउँमा एकै परिवारका तीन जनासहित चार जनाको हत्या भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिइएको छ ।
प्रहरीले अनुसन्धानका लागि काठमाडौं महानगरपालिका ३२ स्थित तीनकुने बस्ने २८ वर्षीय दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको हो । राईको कपडा र जुत्ता रगतको दाग फेला परेको बताइएको छ ।
गैह्रीगाउँ स्थित दिव्य सः मिलमा शुक्रबार राति धारिलो हतियार प्रहार गरेर चार जनाको हत्या भएको थियो ।
घटनाको मुचुल्का लगायतको कार्य सम्पन्न गरी शवलाई पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । घटनाको कारण र संलग्नहरुमाथि प्रहरीले तीव्रताका साथ अनुसन्धान गरिरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline