एशियाकपमा भारतमाथि बंगलादेशको जीत

एशियाकपमा भारतमाथि बंगलादेशको जीत

  • शनिबार, भदौ ३०, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

एसिया कप २०२३ अन्तर्गत बंगलादेशले सान्त्वना जित हात पारेको छ। सुपर फोरमा लगातार दुई खेलमा पराजित भएपछि फाइनलमा पुग्न असफल भएको बंगलादेशले शुक्रबार कोलम्बोमा भारतलाई ६ रनले हरायो । बंगलादेशले दिएको २६६ रनको लक्ष्य पछ्याएको भारत अन्तिम बल खेल्न बाँकी छदा २५९ रनमा अलआउट भयो।

अन्तिम ओभरमा भारतलाई जितका लागि १२ रन चाहिएको थियो भने एक विकेट बाँकी थियो। जसमा बंगलादेशका तान्जिम हसन सकिबले भारतका मोहमद सामीविरुद्ध पहिलो चार बलमा चार रन मात्र खर्चिए। पाँचौ बलमा सामी रनआउट भए।

त्यसअघि ४९ ओभरमा मुस्ताफिजुर रहमानले शार्दूल ठाकुरलाई ११ रन र अक्षर पटेललाई ४२ रन आउट गर्दा ५ रन दिएर २ विकेट लिएका थिए। जसका कारण खेल बंगलादेशको पक्षमा ढल्किएको थियो।

खेलमा भारतका लागि शुभमन गिलले १२१ रन जोडे पनि हारका कारण छाँयामा पर्‍यो। भारतका कप्तान रोहित शर्मा शून्य तथा तिलक बर्मा र केएल राहुल ५-५ रनमा आउट भएपछि भारत सुरुमै दबाबमा परेको थियो। बलिङमा बंगलादेशका मुस्ताफिजुरले ३ विकेट लिँदा तान्जिम र मेहदी हसनले २-२ विकेट हात पारे।

त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले ८ विकेटको क्षतिमा २६५ रन जोड्यो। बंगलादेशका लागि सकिब अल हसनले ८० रन जोडे भने मेहदी हसनले ५४ रन र नसुम अहमदले ४४ रनको योगदान दिए। बलिङमा भारतका शार्दूल ठाकुरले ३ विकेट लिँदा सामीले २ विकेट हात पारे। यससँगै एसिया कपको सुपर फोरका खेल सकिएका छन्। कपको फाइनलमा आइतबार आयोजक श्रीलंका र भारतबीच खेल हुनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ