एजेन्सी भदौ २९ । आयोजक पाकिस्तान एशियाकपको फाईनल पुग्न असफल भएको छ । गएराति श्रीलंकासँगको खेलमा २ विकेटले पराजित भएसँगै पाकिस्तान बाहिरिएको हो । यस अघि सुपर फोरको पहिलो खेलमा पनि पाकिस्तान भारतसँग पराजित भएको थियो ।
वर्षाका कारण ४२ ओभरमा खेल झारिएको थियो । त्यसमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले शुरुमा ब्याटिङ गर्दै २५२ रन बनाएको थियो । श्रीलंकाले पनि पुरै ४२ ओभरमा ८ विकेट गुमाएर २५२ रन नै बनाएको थियो । तर डिएसएल मेथडमा श्रीलंकालाई विजेता घोािषत गरियो ।
अब फाईनलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline