सुन तस्करी प्रकरण :९ जना विदेशी र २१ जना नेपाली बिरुद्ध मुद्धा चलाईदै

सुन तस्करी प्रकरण :९ जना विदेशी र २१ जना नेपाली बिरुद्ध मुद्धा चलाईदै

  • बुधबार, भदौ २७, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिललको कार्यालय काठमाडौमा बुझाउने भएको छ ।

प्रतिवेदन बुझाउनु अघि सीआइबीकी प्रमुख किरण बज्रचार्यले बुधवार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतिवेदन बुझाउन लागेको जानकारी दिईन् । पक्राउ परेकाहरुलाई थुनामा राख्ने हदम्याद सम्बन्धी प्रावधानका कारण सिआइबीले बुधबार अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउन लागेको हो ।

४२ जना प्रहरी अधिकारी सम्मिलित रहेको अनुसन्धान टोली द्वारा आरोपीहरु पक्राउ गरी अनुसन्धान सुरु भएको आज ५७ दिन पुगेकोछ । ६० दिनभित्र अदालतमा अभियोग दर्ता गरिसक्नुपर्नेछ प्राबधान रहेको छ । गत साउन ३ गते त्रिभुवन अन्तराष्ट्रि विमानस्थल भन्सारबाट जाँचपास भएर बाहिरिएदै गर्दा तस्करीको सो परिमाणको सुन राजश्व अनुसन्धान विभागको टोलीले समातेको थियो । शुरुमा विभागकै टोलीले अनुसन्धान गरेपनि पछि सुन प्रकरण अनुसन्धान गर्ने जिम्मा सीआइबीलाई दिइएको थियो ।

यस प्रकरणमा हालसम्म ३० जना पक्राउ परेका छन् । सीआईबीका अनुसार चिनियाँसहित ९ विदेशी र २१ नेपालीलाई मुद्दा चलाउने गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

सीआईबीले ब्रेक सुको आवरणमा लुकाई भन्सार जाँचपासपछि बरामद भएको सुनलाई बजार मूल्यअनुसार आउने रकम बिगो कायम गरेर संगठित अपराध, राजस्व,भन्सार छली र नेपाल राष्ट्र बैंक ऐनविरुद्धको कसुरमा मुद्दा चलाउनुपर्ने निष्कर्ष सहित अनुसन्धान प्रतिबेदन बुझाउन लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ