मिस धरान आइकन २०२३ दोस्रो संस्करणको अडिशन शुरु

मिस धरान आइकन २०२३ दोस्रो संस्करणको अडिशन शुरु

  • बुधबार, भदौ २७, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

धरान। मंगलबार धरानस्थित हाङ्गकोक सारंग कोरियन रेस्टुरेन्टमा ‘मिस धरानआईकन “को दोस्रो संस्करणको पहिलो अडिसन सम्पन्न भएको छ। अनलाइन फर्म तथा धरानका बिभिन्न कलेज एक्टिभेशन पश्चात भएको पहिलो अडिसनमा ११ जना प्रतियोगीहरुले भाग लिएका थिए।

धरानका युवतीहरुको प्रतिभा प्रष्फुटनको लागि ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजनामा ” मिस धरान आईकन २०२३ ” हुन लागेको हो । कम्तीमा एसईई उतिर्ण धरानका युवतीहरु भाग लिन पाउने ” मिस धरान आईकन २०२३ “को पहिलो अडिसनमा निर्णायकहरु कोरियोग्राफर प्रोजिता लामा, मिस धरानआईकन फर्स्ट रनर अप प्रेजिना राई र सेकेन्ड रनर अप श्वेता बिस्वकर्मा पोख्रेल रहेका थिए।

यस्तै मिस धरान आइकन को अफिसियल फेसबुक पेज www.facebook.com/missdharaniconofficial मा रहेको अनलाइन फर्म https://shorturl.at/ghkNT मार्फत आवेदनहरू दिन सकिने आयोजक हरिहाङ्ग तिगेलाले बताए ।

यही हफ्ता अन्य अडिसन गरी छानिएका प्रतियोगीहरुलाई २० दिनको प्रशिक्षण दिईनेछ। मिस धरान आइकन २०२३ को कोरियोग्राफी मिस तामांग २०१९ प्रदेश १ बिजेता तथा मिस टुरिज्म क्विन वर्ल्डवाइड २०१९ मा बेस्ट इस्माइलको टाइटल बिजेता प्रोजिता लामाले गर्नेछिन्।

छानिएका प्रतियोगीहरुलाई व्यक्तित्व विकास, फेशन, र्याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्कलगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने छ। मिस धरान आइकन २०२३ बिजेता , फर्स्ट रनर अप, सेकेन्ड रनर अप संगै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, र मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन लगायतका बिभिन्न सब – टाइटलको उपाधिसंगै बिजेताहरुलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ। बिजेताले पचास हजार , फर्स्ट रनर अपले तीस हजार र सेकेन्ड रनर अपले बीस हजार लगायतका बिभिन्न पुरस्कार पाउनेछ भने ट्रेनीङ्ग खर्च पाँच हजार मात्र राखिएको ब्ल्याक पिग इन्टरटेनमेन्टका हरिहांग तिगेलाले बताए।

मिस धरान आइकनको पहिलो संस्करणको बिजेता आसमाया राई , फर्स्ट रनर अप प्रेजिना राई र सेकेन्ड रनर अप श्वेता बिस्वकर्मा पोख्रेल भएका थिए। मिस धरान आइकन२०२३ को ग्रान्ड फिनाले आगामी असोज २६ गते शुक्रबार धरानमा हुनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी