म्यानमारविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय टोली पराजित भएको छ। अन्तिम समयमा सम्हालिन नसक्दा नेपालले पराजय ब्यहोर्न पुग्यो ।
पहिलो मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको नेपाली टोली सोमबार भएको दोस्रो खेलमा भने १(० गोलअन्तरले पराजित भएको हो। म्यानमारलाई जिताउने क्रममा खेलको ८६ औँ मिनेटमा विन नानिङ टनले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित सकिएको अवस्थामा म्यानमारले दोस्रो हाफमा नेपाललाई स्तब्ध बनाएको हो।
नेपालले पहिलो मैत्रीपूर्ण खेलमा घरेलु टोलीसँग गोल रहित बराबरी खेलेको थियो। अन्जन विष्ट पेनाल्टीमा चुक्दा नेपाल जितबाट टाढा हुनु परेको थियो ।
नेपाल विश्वकप छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल्न म्यानमार गएको हो। फिफा मान्यता प्राप्त मैत्रीपूर्ण खेललाई नेपालले सन् २०२६ को विश्वकपको छनोट तयारीका रुपमा लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline