नइका पाँच कृति लोकार्पण

नइका पाँच कृति लोकार्पण

  • सोमवार, भदौ २५, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शङ्कर गिरीले नइ प्रकाशनबाट प्रकाशित पाँच वटा कृतिको काठमाडौँमा आज लोकार्पण गर्नुभयो ।
इन्दिरा प्रसाईद्वारा लिखित ‘बघेनी’ नामक प्रयोगवादी कथासङ्ग्रह लगायत सुनीता कार्कीको ‘साथ रहोस् नरहोस्’, भगवती बस्नेतको ‘विश्वम्भरा’, ओमकुमारी बञ्जारा रानाभाटको ‘ऋतु’ र रश्मि रिमालबाट रचित ‘पर्दाभित्र’ कवितासङ्ग्रहरु आज लोकार्पण भएका कृतिहरू हुन् ।

वानीरा फाउन्डेसनद्वारा आयोजित उक्त समारोहमा समालोचक प्रा.केशव सुवेदीबाट लोकार्पित कृतिहरुको समीक्षात्मक मन्तव्य प्रस्तुत भएको थियो । समारोहमा कविताकृतिका नारीस्रष्टाहरुबाट कविता वाचन भएको थियो ।

वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा सदस्यसचिव नरेन्द्रराज प्रसाई तथा कार्यक्रम संयोजक भगवती बस्नेतले नवकृतिहरु र संस्थाको प्रगतिबारे मन्तव्य प्रकट गर्नुभयो ।

वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईबाट फाउन्डेसन भवनको प्राङ्गणमा रहेको नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीको पूर्ण कदको सालिकमा माल्यार्पण गरिएपछि कार्यक्रम आरम्भ भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी