काठमाडौं, भदौ २२ गते । काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिएको छ ।
महानगरको नगर कार्यपालिका कार्यालयका विभाग प्रमुख दीपक अधिकारीका अनुसार वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजालको बिहीबार ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएकाले महानगरपालिका अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरिएको हो ।
काठमाडौं क्षेत्र ७ का क्षेत्रीय सभापति पनि रहेका रिजाललाई डेंगु सङ्क्रमण भएपछि निमोनिया भएको थियो । उपचारका लागि आइसियु हुँदै दुई दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको निधन भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline