म लुम्बिनी बनाउन लड्छु, जुध्छु, भिड्छु तर, नैतिकता गुमाउँदिनः उपाध्यक्ष डा.लामा

म लुम्बिनी बनाउन लड्छु, जुध्छु, भिड्छु तर, नैतिकता गुमाउँदिनः उपाध्यक्ष डा.लामा

  • बिहिबार, भदौ २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

२१ भदौ, लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे)ले लुम्बिनी गुरुयोजना आफ्नो कार्यकालमा पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

बिहीबार आयोजित “पत्रकारहरुसँगको परिचयात्मक तथा भेटघाट कार्यक्रम” मा बोल्दै उनले आफ्नो कार्यकालमा गुरुयोजना सम्पन्न गर्ने र मायादेवी मन्दिर निर्माण गर्ने उद्देश्य रहेको बताए। मायादेवी नयाँ डिजाइन र आकर्षक बनाउनुपर्नेमा उनको जोड थियो ।

आफु लुम्बिनीबाट केहि लिन नभएर बनाउन आफू आएको भन्दै लामाले सबैलाई सहयोग गर्न आग्रह गर्दै गुरुयोजनाको बाँकी काम, बुद्ध सर्किट निर्माण, रामग्राम, तिलौराकोट र देवदहको पुरातात्विक क्षेत्रको संरक्षण र विकासका लागि काम गर्ने बताए ।

लुम्बिनी आफ्नो धार्मिक आस्थाको धरोहर भएको भन्दै उपाध्यक्ष डा. लामाले भने, ईतिहास बनाउन सँकु भनेर आएको छु, मायादेवीको कसम खाएर भनेको छु, लुम्बिनीमा लिन होइन दिन आएको हो सबैले यस अभियानमा साथ दिनुहोला । म लुम्बिनी बनाउन लड्छु, जुध्छु, भिड्छु तर, नैतिकता गुमाउँदिन ।’

उनले लुम्बिनी गुरुयोजनाका सम्बन्धमा र कोषको कामका बारेमा विभिन्न प्रश्न र गुनासाहरू उठेको बताउँदै त्यसलाई सम्बोधन गर्ने गरी अगाडि बढ्ने प्रतिबद्धता पनि जनाए। आफूले जीवन नै बुद्ध धर्मका लागि अर्पण गरेको बताउँदै उनले विश्वका विभिन्न मुलुकबाट लुम्बिनी आउन चाहनहरूलाई अनुलुकुल वातावरण बनाउने बताए।


लुम्बिनीको विकाससंग नेपालको समृद्धि जोडिएको बताउदै उपाध्यक्ष लामाले लुम्बिनीको व्यवस्थित विकास हुनसके यसले तीन करोड नेपालीलाई पाल्न सक्ने बताए । ज्ञानभूमी र शान्तिभूमि भगवान गौतम बुद्धको जन्मस्थलको अथाह सम्भावना छु उनले भने, ‘लुम्बिनीलाई जति विकास गर्न सकिन्छ त्यति नै देशको आयस्रोत बढ्छ र मुलुक समृद्ध बन्छ।’

उनले लुम्बिनीमा बौद्ध धर्म गुरुहरूको मोलम (पूजा) जस्ता धार्मिक गतिविधि बढाएर बौद्ध पर्यटकहरूलाई आर्कषित गर्ने योजना रहेको सुनाए। यो वर्ष मोलुम (पूजा) का कार्यक्रमहरू तय भइसकेको जानकारी दिदैँ उपाध्यक्ष लामाले रामग्राम र तिलौराकोटमा पनि पूजा, ध्यान र बत्ति बाल्ने ठाउँ तुरुन्तै निर्माण गर्ने बताए। धार्मिक कार्यक्रमलाई लुम्बिनीमा बढाउने गरी योजना बनाइएकोले अब धार्मिक गतिविधिसँगै पर्यटकहरूको बसाइ लम्बिनेमा उनको विश्वास थियो ।

देशको वजेटमा समस्या रहेपनि रूपन्देही, कपिलवस्तु र नवलपरासीमा रहेका बौद्ध क्षेत्रको विकासका लागि दीर्घकालीन योजना सहित आवश्यक रकम जुटाउन विश्व समुदायमा पुग्नेसमेत उनले प्रतिबद्धता जनाए । गुरुयोजना सम्पन्न गर्न करिब ६ /७ अर्ब रकम आवश्यक पर्ने उनले बताए ।

कोषलाई सबै पक्षमा पारदर्शिता बनाएर काम गर्ने पनि उनको प्रतिबद्धता थियो । आफुले मायादेवी मन्दिरमा कसम खाएर लुम्बिनीको अपारदर्शिता र अनियमितता रोक्ने प्रण गरेकोले पारदर्शिता आफ्नो प्राथमिकतामा रहेको बताउदैँ  उनले भने, ‘लुम्बिनी विकास कोषको आर्थिक पारदर्शिता मात्रै होइन, विकास कोषको सम्पत्ति कहाँकहाँ कति छ, यहाँ बहाल पदाधिकारी र कर्मचारीले लुम्बिनी विकास कोषलाई दिएको योगदान के कति छ ? पारदर्शिताका यस्ता धेरै विषयमा म गम्भिर छु।’

कोषमा अहिले पदाधिकारी र कर्मचारीविच नै बेमेल रहेको भन्दै उपाध्यक्ष लामाले यस्तो समस्याको अन्त्य गर्दै बोर्ड सदस्यहरूलाई पनि जिम्मेवारी प्रदान गरेर सामूहिक रुपमा अघि बढ्नेबताए ।साथै उनले बुद्धजन्मस्थल लुम्बिनी वरिपरिका स्थानीयहरूलाई अपनत्व बनाउने गरी काम गर्ने समेत बताए।

सोहि अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले नवनियुक्त उपाध्यक्षलाई लुम्बिनी बनाउने सन्दर्भमा सिंगो टिमको साथ सहयोग रहने प्रतिबद्धता जनाए ।

कार्यकममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, नवलपरासीका अध्यक्ष हरि शर्मा, कपिलबस्तुका अध्यक्ष किरणमान ब्रज्रचार्यलगायतले पनि आफ्नो धारणा राखेका थिए ।


पत्रकार भेटघाट कार्यक्रममा लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई, बोर्ड सदस्य नेत्रबहादुर शाही, विश्वराज पौडेल, परिषद सदस्य गोपिकृष्ण शर्मा, श्रीराम यादव, सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राई लगायतको उपस्थिती थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ