लुम्बिनी विकास काेषको गुरुयोजना निर्माणकार्य एक महिना भित्र सम्पन्न गर्न उपाध्यक्ष डा.लामाको निर्देशन

लुम्बिनी विकास काेषको गुरुयोजना निर्माणकार्य एक महिना भित्र सम्पन्न गर्न उपाध्यक्ष डा.लामाको निर्देशन

  • बुधबार, भदौ २०, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

लुम्बिनी, २० भदौ । लुम्बिनी विकास काेषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले गुरुयोजनाको निर्माणको काम एक महिना भित्र सम्पन्न गर्न निर्देशन दिनु भएको छ । बुधबार निरीक्षण तथा अनुगमनपछि उहाँले विकास निर्माण आयोजनाको गुणस्तरीयतामा ध्यानदिएर एक महिना भित्र काम सम्पन्न गर्न निर्देशन दिनुभएको हो।

लुम्बिनी विकास कोषको गुरुयोजना ४५ वर्षपछि पूरा हुने अन्तिम चरणमा पुगेको छ तर काम भने अधुरै रहेको छ।
लुम्बिनी विकास कोषले दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीसँग पहिलो चरणको ठेक्का सम्झौता गरे पनि सम्झौताको करिब २ महिना बाँकी रहदा पनि निर्माण कार्य आधा पनि सम्पन्न भएको छैन। निर्माणकार्यमा ढिलासुस्ती भएपछि आज कोषका उपाध्यक्ष डा. लामा सहितको टाेलिले फिल्डमा गएर निमार्ण कार्यको अनुगमन गरेको हो ।

उपाध्यक्ष डा.लामाले निर्माण व्यवसायीलाई सचेत गराएको एक हप्ता पछि फिल्डमा गएर निमार्ण कार्यको अनुगमन तथा निरीक्षण गर्नु भएको हो। ठेक्का सम्झौता गरेका निर्माण कम्पनीहरुलाई फिल्डमा बोलाएर एक महिना भित्र काम सम्पन्न गर्न निर्देशन दिनुको साथै काम सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने चेतावनी दिएका हुन् ।

ठेक्का सम्झौता लुम्बिनी अनक खड्का कृष्ण जेभी, लामा एपेक्स कमलजीत जेभी, रमन गजुरमुखी रामजानकी जेभी र खानी अर्घाखाँची बाबुल जेभीसँग लुम्बिनी विकास कोषले गुरुयोजनाअन्तर्गतका विभिन्न कामका लागि अलगअलग ठेक्का सम्झौता गरेको थियो।

सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले लुम्बिनी गुरुयोजना तयार पारेका थिए । लुम्बिनी गुरुयोजनाका बाँकी काम एकैपटक सक्न ग्लोबल टेण्डर आह्वान गर्न ठेक्का सम्झौता भए पनि अहिले सम्म गुरुयोजना सम्पन्न हुन सकेको छैन ।

अनुगमनका क्रममा उपाध्यक्ष डा.लामा सहित कोषका सदस्य सचीव सानुराजा शाक्य, योजना प्रखुम सरोज भट्टराई, बाेर्ड सदस्य नेत्र शाही तथा विकास कोषका अन्य कर्मचारीलगायतको उपस्थिति थियो।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ