काठमाडौँ, २० भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।
यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ स्थित गोठाटारमा रहेको नवतनधाममा पनि भक्तजनको घुइँचो लागेको छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालय परिसरमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको जनाइएको छ ।
राजधानीका मुख्य तीर्थस्थल पशुपति क्षेत्रमा रहेका कृष्णमन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । वसन्तपुर दरबार क्षेत्रमा रहेको कृष्णमन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ । काठमाडौँ उपत्यकाका चोक, गल्ली एवं कुना कुनामा रहेका कृष्णमन्दिर, नारायण मन्दिर र लक्ष्मीनारायण मन्दिरमा पनि भक्तजनको घुइँचो
लागेको छ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्छन् ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । अन्याय, अत्याचार बढेपछि मानव अवतारका रुपमा पृथ्वीमा आएर साधुको संरक्षण र दुष्टको नाश गर्ने श्रीकृष्णले श्रीमद्भगवतगीतामा अर्जुनका माध्यमबाट आम मानिसलाई शिक्षा दिनुभएको छ ।
कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । गीतामै टीका लेख्ने पनि धेरै छन् ।
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । रथयात्रा भने अष्टमीको भोलिपल्ट निकालिन्छ । अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म हुने भएकाले खुसीयालीमा भाद्रकृष्ण नवमीका दिन रथयात्रा गर्ने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।

??????? ???????? ????????????? ???????? ?????? ??????????????? ?????? ?????? ????? ? ?????? ??????? ?????? ????????? ? ?????? ? ????? ????? ÷????


do’/sf] KjfFv laqmL ul/Fb}
kf6g, @) ebf} M s[i0f hGdfi7dLsf] cj;/df nlntk’/ kf6gsf] s[i0f dlGb/df bz{g Pjd k”hf cr{gfsf nflu nfda4 eQmhgnfO{ do’/sf] KjfFv laqmLsf nflu dlGb/ kl/;/df plePsL dlxnf Jofkf/L . tl:a/ M dfwjk|;fb l3ld/]÷/f;;

/fwfs[i0fsf] e]ifdf afnaflnsf
bdf}nL, @) ebf} M >Ls[i0f hGdfi6dLsf] cj;/df /fwfs[i0fsf] a]ife’iffdf ;lhPsf tgx’Fsf] Jof; gu/kflnsf$ l:yt cfbz{ ljBfu[xsf ljBfyL{ . tl:a/ M s[i0f Gof}kfg]÷/f;;

/fwfs[i0f gfr k|bz{g ub}{
un]Zj/,@) Efbf} M DofUbLsf] ;b/d’sfd a]gLl:yt a]gL cfjf;Lo dfljsf ljBfyL{x? >L s[i0f hGdfi6dLsf] cj;/df /fwfs[i0f gfr k|bz{g ub}{ . tl:a/ M w|’j;fu/ zdf{÷/f;;

/fwfs[i0f gfr k|bz{g ub}{
un]Zj/,@) Efbf} M DofUbLsf] ;b/d’sfd a]gLl:yt a]gL cfjf;Lo dfljsf ljBfyL{x? >L s[i0f hGdfi6dLsf] cj;/df /fwfs[i0f gfr k|bz{g ub}{ . tl:a/ M w|’j;fu/ zdf{÷/f;;

s[i0f dlGb/df nfda4 eQmhg
kf6g, @) ebf} M s[i0f hGdfi6dLsf] cj;/df kf6g b/af/ kl/ifbdf /x]sf]] s[i0f dlGb/df k”hfcr{gfsf nflu nfda4 eQmhgx? . tl:a M dfwjk|;fb l3ld/]÷/f;;