पूर्व उपराष्ट्रपति नन्द किशोर पुनका छोरा दिपेससँग सुन तस्करी प्रकरणमा सिआईबीले लियो बयान

पूर्व उपराष्ट्रपति नन्द किशोर पुनका छोरा दिपेससँग सुन तस्करी प्रकरणमा सिआईबीले लियो बयान

  • मङ्लबार, भदौ १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग बयान लिएको छ। सोमबार दिउँसो सिआइबी कार्यालयमा बोलाएर उनीसँग तीन घण्टा बढी बयान लिएको स्रोतले जानकारी दियो।

६० किलो सुन प्रकरणमा पुनको पनि संलग्नता रहेको भन्ने आशंकामा प्रहरीले उनीसँग बयान लिएको हो। उनको दावा छिरिङसँगको सम्बन्ध रहेका कारण यसमा जोडिएको हुनसक्ने प्रहरीको आशंका छ।

प्रहरीले दावा छिरिङसँगको संवाद, उनी पुगेका ठाउँहरू पत्ता लगाइसकेको छ। दिपेश पुन माओवादीको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव पनि हुन्। अहिलेसम्म प्रहरीले यस प्रकरणमा २७ जनालाई पक्राउ गरेको छ।

यसअघि पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महराको पनि ६० किलो सुन प्रकरणमा संलग्नता रहेको सिआइबीको अनुसन्धानमा देखिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का छोरा प्रतीकको पनि यसमा संलग्नता रहेको आशंकामा प्रहरीले खोजी गरीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ