सम्मानजनक ब्याटिङ, कमजोर बलिङ : भारतसँग एशिया कपमा नेपाल पराजित

सम्मानजनक ब्याटिङ, कमजोर बलिङ : भारतसँग एशिया कपमा नेपाल पराजित

  • सोमवार, भदौ १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 23.1K
    SHARES

भदौ १८ काठमाण्डौँ । नेपाल एशिया कप क्रिकेटको समुह चरणको अन्तिम खेलमा भारतसँग पराजित भएको छ । यद्यपि आजको खेलमा नेपालले गरेको ब्याटिगं सम्मानजनक रहेको थियो । टस हारेर ब्याटिगको निम्तो पाएको नेपालले ४८.३ ओभरमा अलआउट हुँदै २३० रन बनाउन सफल भएको थियो ।

त्यसपछि १३१ रनको लक्ष्य लिएर ब्याटिगं भारतले शुरु गर्ना साथ वर्षाले रोकिएपछि खेल डिएसएल विधिबाट भारतलाई २३ ओभरमा १४५ रनको लक्ष्य तोकिएको थियो । भारतले उक्त लक्ष्य २१ औँ ओभरमा विना कुनै विकटको क्षतिमा पूरा गरेपछि नेपाल समग्रमा १० विकेटले पराजित बन्यो । भारतीय कप्तान रोहित शर्माले अविजीत ७४ र गिलले ६७ रन बनाउदा नेपालले कुनै विकेट लिन सकेन ।

पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई सानदार सुरुआत दिलाएका थिए।

ओपनर कुशल भुर्तेल ३८ रनमा सार्दुल ठाकुरको बलमा विकेट किपर इशान किसानको हातबाट क्याच आउट भए। २५ बलको सामना गरेका कुशलले ३ चौका र २ छक्का प्रहार गरे।

पावर प्ले मा नेपालले एक विकेटको क्षतिमा ६५ रन बनाएको थियो।

९७ बलको सामना गरेका आशिफले ८ चौका मद्दतमा ५८ रन बनाउँदा मोहम्मद सिराजको बलमा विराट कोहलीको हातबाट क्याच आउट भए।

गुलसन झाले २३ रन थपे। ३५ बलको सामना गरेका गुलसन ३ चौका प्रहार गर्दा सिराजकै बलमा इसान किसानको हातबाट क्याच आउट भए।

सातौं विकेटका लागि अलराउण्डर दिपेन्द्र सिंह ऐरि र तिव्र गतिका बलर सोमपाल कामीले ५० रनको साझेदारी गरे। दिपेन्द्र २९ रन बनाउँदा रविन्द्र जडेजाको बलमा एलबीडब्लु धरापमा परे।

२५ बलको सामना गरेका दिपेन्द्रले ३ चौका हाने।

आठौं विकेटका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३४ रनको साझेदारी गरे। सोमपाल भारतविरुद्ध अर्धशतक नजिक पुगेर आउट भए। ५६ बलमा १ चौका र २ छक्का हानेका सोमपाल मोहम्मद सामीको बलमा विकेट किपर इशान किसानको हातबाट क्याच आउट भए।

 

 

सन्दीप लामिछाने ९ रनमा रनआउट भए। भिम सार्की ७ रनमा रविन्द्र जडेजाको बलमा बोल्ड आउट भए। रोहित पौडेल ५ तथा कुशल मल्ल २ रनमा क्याच आउट भए। करण केसी २ रनमा नटआउट रहे। ललित रावंशी शुनय रनमा बोल्ड आउट भए।

नेपालले अन्तराष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि भारतसँग आधिकारीक खेल खेल्ने मौका पाएको हो । यस अघि पाकिस्तानसँग नेपाल २३८ रनले पराजित भएको थियो ।

यो हारसँगै नेपाल समुहचरणबाटै बाहिरिएको छ ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ