नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

  • सोमवार, भदौ १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

भदौ १८ , काठमाडौँ । एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्ध राम्रो प्रदर्शन गर्दै भारतलाई २३१ रनको लक्ष्य दिएको छ ।

सोमबार श्रीलंकाको कान्डीस्थित पालकेले क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई २३१ रनको चुनौती दिएको हो।

१० बल बाँकी हुँदा अलआउट भएको नेपालले २३० रन बनायो। पहिलो खेलमा पाकिस्तानविरुद्ध १ सय ४ रनमै अलआउट भएको नेपालले भारतविरुद्ध भने सम्हालिएर प्रदर्शन गरिरहेको छ।

नेपालका दुवै ओपनरले उत्कृष्ट सुरुवात गरेपछि नेपाल सम्मानजनक स्कोरतर्फ अघि बढेको हो।

कुशल भुर्तेलले ३८ र आशिफ शेखले ५८ रन बनाए। तर त्यसपछि आएका भीम सार्की, कप्तान रोहित पौडेल र कुशल मल्ल सस्तैमा आउट हुँदा नेपाल दबाबमा पर्‍यो।

भीम ७, रोहित ५ र कुशल २ रनमै आउट भए। तर, पछिल्लो क्रममा ब्याटरले पुनः नेपाललाई सम्हाले। गुलशन झाले २३ र दीपेन्द्रसिह ऐरी २९ रन बनाएर आउट भए।

भारतका लागि रविन र जडेजाले १० बलमा ४० रन खर्चिंदै ३ विकेट लिए। महम्मद सिराज २ तथा हार्दिक पाण्ड्या र सर्दुल ठाकुरले समान १ -१ विकेट लिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ