काठमाडौँ, १८ भदौ । श्रीलङ्कामा जारी एसिया कप २०२३ अन्तर्गत भारत विरुद्धको खेलमा नेपालले सातौ विकेट गुमाएको छ । साथै नेपालले आफ्नो स्कोर बोर्डमा २ सय रन पार गराएको छ । पाकिस्तानसँग भन्दा भारतसँग नेपालले उत्कृष्ट ब्याटिगं गरिरहेको छ ।
पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपालले भारत विरुद्धको खेलमा सातौ विकेट रुपमा दीपेन्द्र सिंह ऐरीलाई गुमाएको हो । खेलको ४१ दशमलव १ ओभरमा नेपालले सातौ विकेटको रुपमा ऐरीलाई गुमाउन पुग्यो ।
श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा नेपालले ४५ औँ ओभरमा २०० रन पार गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline