एशिया कपको समुह चरणको अन्तिम खेलमा नेपालले भारत बिरुद्ध दोस्रो विकेट गुमाएको छ । उत्कृष्ट शुरुवात गरेको नेपालले दोस्रो विकेटका रुपमा भीम सार्कीलाई गुमाएको छ । उनलाई आरिफ शेखको ठाँउमा आज खेलाईएको थियो । उनी १७ रनमा ७ रन बनाएर आउट भए । उनलाई रविन्द्र जडेजाले आउट गरेका हुन् । टस गरेर पहिला ब्याटिङ गरीरहेको नेपालले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेको छ ।
यस अघि उत्कृष्ट शुरुवात गर्ने क्रममा ओपनर कुसल भूर्तेलले ३८ रन जोडेर आउट भएका थिए । उनले २५ बलमा २ छक्का र तीन चौका प्रहार गरेका थिए । नेपालले यो खबर तयार पार्दा सम्म १६.२ ओभरमा २ विकेट गुमाएर ८१ रन बनाएको छ ।
आजको खेल जितेमा नेपाल सेमिफाईनल पुग्न सक्नेछ । पहिलो खेलमा पाकिस्तानसँग २३८ रनले नेपाल पराजित भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline