नेपाललाई पहिलो झड्का, कुसल भूर्तेल ३८ रन बनाएर आउट भए

नेपाललाई पहिलो झड्का, कुसल भूर्तेल ३८ रन बनाएर आउट भए

  • सोमवार, भदौ १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

भदौ १८ काठमाण्डौँ । एशियाकपको समुह चरणको अन्तिम खेलमा नेपाल भारत बिरुद्ध गतिलो शुरुवात गरेको छ ।

नेपालका ओपनर कुसल भूर्तेल र आशिफ शेखले उत्कृष्ट लयमा खेल्दै १० ओभरमा ६५ रन जोडेपछि कुसल आउट भएका छन् । कुसलले विष्फोटक ब्याटिङ गर्दै २५ बलमा ३८ रन जोडे । उनले २ छक्का र ३ चौका प्रहार गरेका छन् । उनले आज एक दिवसीयमा आफ्नो एक हजार रन पनि पूरा गरे । भारतीय बलर सारदुल ठाकुरले उनको विकेट लिएका हुन् ।

अहिले आशिफ शेख र भीम सार्कीले नेपालको पारी सम्हालीरहेका छन् ।

आजको खेलमा जीत निकाले नेपाल सेमिफाईनल पुग्ने छ । यस अघि पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । नेपालले पहिलो पटक एशिया कप खेलेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ