भारत बिरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

भारत बिरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

  • सोमवार, भदौ १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौँ भदौ १८ । एसिया कप क्रिकेटको समुह चरणको अन्तिम खेलमा नेपालले भारत बिरुद्ध पहिले ब्याटिङको निम्तो भएको छ ।
टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय भारतले गरेपछि नेपाल शुरुमै ब्याटिङ गर्न लागेको हो । यसअघि मुल्तानमा भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो ।

सोमबार नेपालले एक जना खेलाडी परिवर्तन गरेको छ । आरिफ शेखको ठाउँमा आज भीम सार्कीलाई खेलाइएको छ ।

नेपाल र भारतबीच एसिया कपको समूह चरणको खेल नकआउट प्रवेशको समीकरण बनेको छ । सोमबार हुने खेल जसले जित्छ त्यही राष्ट्र नै एसिया कपको सुपर फोरमा पुग्नेछ ।

पाकिस्तान समूह ‘ए’ बाट यसअघि नै अघिल्लो चरणमा प्रवेश गरिसकेपछि नेपाल र भारतको खेल निर्णायक बनेको हो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ