विदाको दिन सरकारी गाडी चलाउन नपाईने प्रशासनद्धारा स्पष्ट

विदाको दिन सरकारी गाडी चलाउन नपाईने प्रशासनद्धारा स्पष्ट

  • सोमवार, भदौ १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 18.6K
    SHARES

काठमाडौ‌ भदौ १८ । जिल्‍ला प्रशासन कार्यालयले बिदाको दिन पास बिना सरकारी गाडी चलाउन नपाइने स्पष्ट गरेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकी पत्नी सबिना काफ्ले चढेको गाडी रोकेको विषयमा काठमाडौं जिल्‍ला प्रशासन कार्यालयले सोमबार विज्ञप्ति जारी गरेको हो।

‘सरकारी कामका लागि बिदाका दिनमा सरकारी सवारीसाधन प्रयोग गर्नुपर्दा तोकिएको अधिकारीबाट जारी भएको सवारी पास प्रयोग गर्न पाउने स्पष्ट व्यवस्था छ। यसबाट निजी काममा सरकारी सवारीसाधनको प्रयोगमा कमी आई मितव्ययिता अभिवृद्धि गर्न मद्दत पुगेको कुरा निर्विवाद छ,’ विज्ञप्तिमा भनिएको छ।

पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्‍ट्रसेवक कर्मचारीहरूलाई कर्तव्य पालनामा अवरोध नपुर्‍याउन अनुरोध गरेको छ। विज्ञप्ति जारी गर्दै प्रशासनले कर्मचारीहरूलाई कर्तव्य पालनामा बाधा अवरोध नपुर्‍याउन र वक्तव्यबाजी नगर्न पनि भनेको छ ।

‘
शनिबार राति करिब ९ बजे कोटेश्वरमा बालेन पत्नी चढेको सरकारी गाडी चेकिङमा परेको थियो। त्यस विषयलाई लिएर मेयर बालेनले सिडिओ जितेन्द्र बस्नेतलाई सम्पर्क गरेका थिए भने सामाजिक सञ्जालमा समेत आक्रोश पोखेका थिए।

तर ट्राफिक प्रहरी र प्रशासनले कुनै पनि अनावश्यक प्रश्न नसोधेको र नियमित चेकिङ गरी मेयर पत्नी चढेको गाडी रहेको जानकारी पाएपछि छाडिएको बताएको छ ।

असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरूलाई निरूत्साहित गर्ने गरी सामाजिक सञ्जालहरूमा व्यक्त भएका अभिव्यक्तिहरूप्रति ध्यानाकर्षण समेत भएको जनाएको छ।

‘

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ