एशियाकपमा आज नेपालले भारत बिरुद्ध खेल्दै

एशियाकपमा आज नेपालले भारत बिरुद्ध खेल्दै

  • सोमवार, भदौ १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

पहिलो पटक एशिया कपमा सहभागी भएको नेपालले आज भारत बिरुद्ध प्रतिस्पर्धा गर्दैछ । कुनै पनि फर्मेटमा विश्व क्रिकेटका महारथी भारत बिरुद्ध नेपालले पहिलो पटक आधिकारीक खेल खेल्न लागेको हो । यस अघि पाकिस्तानसँग उसकै घरेलु मैदानमा खेलेको नेपाल २३८ रनले पराजित भएको थियो ।

श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले स्टेडियममा भारत र नेपालबीच सोमबार समूह चरणको अन्तिम खेलमा भिडन्त हुँदैछ। नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि हुने उक्त खेलको समय पनि क्रिकेट स्टेडियम क्षेत्र बादलले ढाक्ने देखिएको छ।

 

मौसमविदहरुले उक्त समयमा पानी पर्ने सम्भावना ८९ प्रतिशत रहेको जनाएका छन्।
यसै स्टेडियममा शनिबार भएको भारत र पाकिस्तानबीचको खेल पनि मध्यराति बर्षाका कारण रद्द भएको थियो।

यदि सोमबार भारत र नेपाल बीच हुने खेल रद्द भएमा भारत सुपर फोरमा जाने छ।

समूह ए को अंकतालिकामा पाकिस्तान ३ अंकसहित अगाडि छ।

भारत दोस्रो नम्बरमा छ। नेपाल अंक बिहिन छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ