विश्वकप तथा एशिया कप छनौटमा नेपालको तेस्रो जीत

विश्वकप तथा एशिया कप छनौटमा नेपालको तेस्रो जीत

  • आइतवार, भदौ १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले भुटानलाई तीन विकेटले पराजित गरेको छ। आइतबार भुटानले दिएको ४० रनको झिनो लक्ष्य नेपालले १३।२ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो।

टोलीकी कप्तान रुविना क्षत्री बेलवासे १२ रनमा नटआउट रहिन्। कविता जोशी ९, सीता राना मगरले ८ तथा पुजा महतोले ३ रन थपे। नेपालका ८ ब्याटरले दोहोरो अंक छुन नसक्दा पाँच ब्याटर शून्य रनमा पवेलियन फर्के। भुटानकी अन्जुली घलेले ३ तथा क्षिरिङ जांग्मोले २ विकेट लिइन्। अन्जु गुरुङले १ विकेट आफ्नो नाममा गरिन्।

त्यसअघि मलेसियाको बांगीमा नेपाल टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रनको योगफल तयार पारेको थियो।

कप्तान डेचेन वांग्मोले सर्वाधिक २१ रन बनाइन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

नेपालकी पूजा महतोले ३ विकेट लिइन्। रुविना क्षेत्री, खुशी डंगोल र कविता कुँवरले समान एक विकेट आफ्नो नाममा गरे।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो। नेपालले अब मंगलबार कतारसँग र बुधबार यूएईसँग खेल्ने तालिका छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ