भदौ १३ काठमाण्डौँ । नेपालको क्रिकेट क्षेत्र र देशकै मानका हिशाबले पनि आज खेल क्षेत्रका लागि आज ऐतिहासिक दिन हो । नेपाली खेलाडी र कप्तान रोहित पौडेल पनि आजको दिनलाई पर्वको रुपमा लिएको बताउछन् ।
पाकिस्तानको मुल्तान रंगशालामा दिँउसो सवा ३ बजेपछि रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टिमले बाबर आजम नेतृत्वको पाकिस्तानी टिमसँग एशिया कपको उद्घाटन खेलमा प्रतिस्पर्धा गर्नेछ ।
समग्रमा नेपालले पहिलो पटक खेल्न लागेको हो यो प्रतियोगीता । पछिल्लो पाँच एक दिवसीय खेलमा पाकिस्तानले चार खेल जितेको छ अन्य टिम बिरुद्ध भने नेपालले दुईमा जीत र तीनमा हार व्यहोरेको छ । नेपालले टेष्ट मान्यताप्राप्त देश बिरुद्ध खेल्न लागेको यो चौथो खेल हो । यस अघि जिम्बाबे, आयरल्याण्ड र वेष्ट ईन्डिजसँग विश्वकप छनौटमा प्रतिस्पर्धा गरेको थियो ।
नेपालले भारत र पाकिस्तान जस्ता टिमसँग प्रतिस्पर्धा गर्न लागेको र ईमर्जिगं टिमका रुपमा नेपालले चूनौती पेश गर्न सक्ने बिपक्षी टिमको अपेक्षा छ ।
खेल जीत वा हार भन्दा पनि आजको दिन सम्मका लागि नेपाली टिम, प्रशिक्षक सबैले उत्कृष्ट मेहेनत गरेकै कारण यो सफलता हात लागेको हो ।