पत्रकार डिल्लीप्रसाद आचार्यको स्मृति ग्रन्थ सार्वजनिक

पत्रकार डिल्लीप्रसाद आचार्यको स्मृति ग्रन्थ सार्वजनिक

  • मङ्लबार, भदौ १२, २०८०
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

भदौ १२, काठमाडौं । मोफसलका पुराना पत्रकार डिल्लीप्रसाद आचार्यको स्मृति ग्रन्थ आज काठमाडौंमा सार्वजनिक भएको छ ।

बाग्लुङमा जन्मिएर राष्ट्रिय जीवनमा दीर्घकालीन महत्त्वका खोज र अनुसन्धान गरे पनि उचित प्रचारप्रसारको कमीले ओझेलमा परेका आचार्यको गत भदौ १ गते काठमाडौंमा निधन भएको थियो । उक्त स्मृति ग्रन्थमा ५२ जना आचार्य का समकालीन, सहकर्मी, पत्रकार, साथीभाइ, ईष्टमित्र, परिवारका सदस्यहरूले आफ्ना अनुभव अनुभूतिहरू र संस्मरणात्मक लेखहरु लेखेका छन् । यो ग्रन्थले आचार्यको योगदानको विस्तारमा प्रकाश पार्ने काम गर्व्को छ ।

बागलुङमा जन्मे(हुर्केका डिल्लीप्रसाद आचार्य मनले उदार, वचनले नरम, व्यवहारले समाजसेवी, पेसाले प्रशासक र पत्रकार अनि भोगाइले यायावर रहेको ग्रन्थले छर्लङ्ग पारेको छ ।

पश्चिमाञ्चलमा खोज पत्रकारिताको अभ्यास गरेका आचार्यको कालापानी-लिपुलेकवारेको आधा शताब्दी अघिको रिपोर्टिङ अनि भगवान बुद्धको मावली र ससुराली- देवदहू प्रतिको खोज र सार्वजनिकीकरण यस ग्रन्थमा स्पस्ट गरिएको छ ।

आजीवन सादा जीवन, उच्च विचारू दर्शनवाट प्रेरित आचार्यका आत्म- संस्करणात्मक पुस्तक ूझझल्काहरुू यसअघि प्रकाशित भएको थियो । दुवै पुस्तकहरू बुलबुल प्रकाशनले प्रकाशित गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी