आईतबारदेखि हराएका सेनाका मेजर पण्डित अझै फेला परेनन्

आईतबारदेखि हराएका सेनाका मेजर पण्डित अझै फेला परेनन्

  • मङ्लबार, भदौ १२, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

भदौ १२ काठमाण्डौँ । आइतबारदेखि हराएका डोल्पा सदरमुकाम दुनैस्थित नेपाली सेनाको नन्द बक्स गुल्मका गुल्मपति विमल पण्डित अझै फेला परेका छैनन् ।

मंगलबार बिहानसम्म उनी नभेटिएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। उनकाअनुसार दुनैबाट पण्डितले त्रिपुराकोटका लागि गाडी रिजर्भ गरेको खुलेको छ। त्यसपछि भने उनको मोबाइल सम्पर्क टुटेको बताईएको छ ।

पण्डितको खोजी जारी छ। सेनानी पण्डित आइतबार अपराह्न इभिइनिङ वाकमा जाने भन्दै ब्यारेकबाट निस्किएका थिए। उनले आफ्ना सुरक्षा गार्डलाई आफूसँग बीचबाटै फर्काइदिएका थिए। उनको खोजीमा नेपाल प्रहरी, नेपाली सेना सशस्त्र प्रहरी बलको टोली परिचालित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ