लुम्बिनी मुख्यमन्त्री चौधरी र उपाध्यक्ष डा. लामा बीच भेटवार्ता

लुम्बिनी मुख्यमन्त्री चौधरी र उपाध्यक्ष डा. लामा बीच भेटवार्ता

  • शनिबार, भदौ ९, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

लुम्बिनी, ९ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामा बीच भेटवार्ता सम्पन्न भएको छ।

लुम्बिनी होक्के होटलमा करिब एक घन्टाको भेटवार्तामा
४७ वर्ष अघि सुरु भएको लुम्बिनी विकास गुरु योजना अहिलेसम्म पूरा भएको बारे चिन्ता व्यक्त गर्दै गुरु योजनाको लक्ष्य यथाशीघ्र पूरा गर्न बारे विशेष छलफल भएको हो।

यस क्षेत्रको धार्मिक, पर्यटकीय, सांस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका स्थानको पहिचान, संरक्षण, संवद्र्धन तथा व्यवस्थापनमा टेवा पुर्याउनका लागि प्रदेश सरकार एक्यवद्ध रहेको समेत भेटमा मुख्य मन्त्री चौधरीले जनाएका छन् ।

लुम्बिनी बुद्धपथसँग सम्बन्धित तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, देबदह, रामग्राम, अरौराकोट, सगरहवा, सिसहनिया, अनोमा नदीलगायतका क्षेत्रलाई धार्मिक पर्याटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्यको साथ अगाडि बढेको उपाध्यक्ष डा.लामाले भेटमा मुख्य मन्त्री चौधरीलाई जानकारी गराएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ