बागमतीमा र्याफ्टीङ

बागमतीमा र्याफ्टीङ

  • शनिबार, भदौ ९, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

बागमती नदीमा र्‍याफ्टिङ गरेर बागमती नदी महोत्सवु गरिएको छ।

बागमती तथा यसका सहायक नदीहरूको बिग्रदो अवस्थालाई सुधार गर्न नेपाल नदी संरक्षण संस्था र नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीज (नारा) ले शनिबार ुबागमती नदी महोत्सवु गरेको हो।

आज बिहान ७ बजे थापाथलीबाट सुरू भएको जलजात्रा सुन्दरीघाटमा पुगेर टुंगिनेछ।

पवित्र बागमती नदीलाई संरक्षण गर्न काठमाडौंवासीहरूको माझमा बागमती नदी र यसका सहायक नदीहरूको स्थिति बारेमा जानकारी दिँदै बागमती नदीलाई माछा बाँच्न योग्य, पौडी खेल्न र पानी खान योग्य, तथा मृतकहरूको लागि शुद्ध जल तर्पण योग्य बनाउने जलजात्रा कार्यक्रमको मुख्य उद्धेश्य रहेको नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सीजका अध्यक्ष शिव अधिकारीले जानकारी दिए।

ुनदीको समुचित संरक्षण गरी यी क्षेत्रमा भएका सम्पूर्ण मठ–मन्दिर, देवस्थल, चिहान, धर्मशाला आदि सबैको जीर्णोद्वार र पुनः निर्माण गरी एकपटक फेरि विश्वलाई काठमाडौं उपत्यकाको सभ्यता र संस्कृतिको पहिचान गराउन सफल हुनेछौं,ु उनले भने, ुबागमती नदीको मौलिक स्वरूप फर्काउन हामी सफल भयौं भने हाम्रो संस्कृतिका हराइसकेका र हराउन लागेका मूर्त, अमूर्त सम्पदा फेरि देखा परी विश्वलाई नै एउटा नौलो र बेग्लै पहिचान दिन समर्थ हुनेछौँ।

बागमती नदिमा सदाबहार र्‍याफटिङ गराएर पर्यटकलाई समेत आकर्षण गराउन सकिने भएकाले यस जलजात्राको अत्यन्तै महत्व रहेको समेत उनले बताए।

नेपाल नदी संरक्षण संस्था, र नेपाल एसोसिएसन अफ र्‍याफटिङ एजेन्सीज तथा फेण्ड्स क्लव कुपण्डोलको संयुक्त आयोजनामा र नेपाल पर्यटन वोर्डको प्रवर्द्धन साथै अन्य विभिन्न संघसंस्थाहरूको सहकार्यमा कार्यक्रम भएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी