लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाद्वारा कपिलवस्तुका पर्याटकिय भग्नावशेषकाे अवलोकन

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाद्वारा कपिलवस्तुका पर्याटकिय भग्नावशेषकाे अवलोकन

  • शुक्रबार, भदौ ८, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

लुम्बिनी, ८ भदौ ।
संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले शुक्रबार कपिलवस्तुको एतिहासिक एवं प्राचीन धार्मिक पर्याटकिय भग्नावशेष स्थानहरुको अवलोकन एवं निरीक्षण गर्नु भएको छ ।

उपाध्यक्ष डा.लामा सहितको समुहले कपिलवस्तुको तिलौराकोट, कुदान, गोटीहवा, सगरहवा, जगदिसपुर, निलिहवा, अरुयरकोट, सिसनिया लगायत स्थानहरूको अबलोकन तथा निरीक्षण गर्नु भएको हो।

उक्त स्थानको निरीक्षण पश्चात् उपाध्यक्ष डा.लामाले लुम्बिनी र आसपासका क्षेत्रहरु लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्रामलाई समेटेर बृहत्तर लुम्बिनी बुद्धिष्ट सर्किट बनाउने र यसको प्रबद्र्धन गरी अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गरि आगामी महिना देखी हजारौं धार्मिक पर्याटकहरु भित्राउन सुरु गर्ने बताएका छन् ।

अशोकस्तम्भ मायादेवि मन्दिर, विहारखण्ड सकुर्लर लेभी, शान्तिदिप, शान्तिघण्ट, शान्तिस्तूप, फ्रेण्डसिप ब्रिज, संग्रहालय तथा लिरीआई पर्याटकमैत्री बनाउने र तत्काल माया देवी परिसरमा दर्शनार्थीलाइ दीप प्रज्वलन गर्ने व्यवस्था बनाउने समेत जानकारी अवलोकनको क्रममा दिनुभएको हो ।

बिहीबार उपाध्यक्ष डा.लामाले भगवान् बुद्धको पवित्र अस्थिधातु रहेको ऐतिहासिक धार्मिक स्थल रामग्रामको अवलोकन एवं निरीक्षण समेत गरिसके छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ