उपाध्यक्ष डा.लामा द्वारा मन्त्री किराँतीको पिता शोकमा दिप प्रज्वलन गरि आत्मा शान्तिको कामना

उपाध्यक्ष डा.लामा द्वारा मन्त्री किराँतीको पिता शोकमा दिप प्रज्वलन गरि आत्मा शान्तिको कामना

  • बुधबार, भदौ ६, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

लुम्बिनी, ६ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई पिताको शोकमा माननीय संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष  प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा.ल्हारक्याल लामा द्वारा लुम्बिनीको माया देवी मन्दिरमा एक सय आठ दिप प्रज्वलन गरि उहाँको आत्माको चीर शान्तिको कामना गरेका छन् ।

मन्त्री किराँतीका पिता हर्कबहादुर राईको आज बिहान वीर अस्पतालमा निधन भएको हो । साथै डा.लामाले शोक वक्तव्य जारी गर्दै  आदरणीय बुबा राइको असामयिक निधनप्रति आफु मर्माहत र स्तब्ध भएको बताएका छन् ।

‘यस दुःखद घडीमा सम्पूर्ण लुम्बिनी परिवार र उहाँको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । साथै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने हार्दिक कामना गर्दछौँ’, शोक वक्तव्यमा भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ