हिन्दु बिरोधी समाचार लेखेको भन्दै बीरगञ्जमा कान्तिपुर देनिक जलाईयो

हिन्दु बिरोधी समाचार लेखेको भन्दै बीरगञ्जमा कान्तिपुर देनिक जलाईयो

  • बुधबार, साउन ३१, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

वीरगंज ३१ साउन । हिन्दु धर्म र संस्कृति विरोधी कान्तिपुरले समाचार लेखेको भन्दै मंगलबार वीरगंजमा कान्तिपुर दैनिक पत्रिका जलाइएको छ । हिन्दू धर्ममाथिको आस्था र विश्वासमाथि प्रहार गर्ने समाचार लेखेको भन्दै हिन्दु युवाहरुले बाइपास सडकमा मंगलबार बिहान पत्रिका जलाएका हुन् ।

नेपालमा पहिलो पटक आउनु लाग्नु भएको भारतको मध्य प्रदेशस्थित बागेश्वर धामका संस्थापक आचार्य धीरेन्द्रकृष्ण शास्त्रीलाई पूर्वी नवलपरासीस्थित शाश्वत धाममा प्रवचनका ल्याउने तयारी गरिरहेको बेला कान्तिपुर पत्रिकाले साउन २८ गतेका दिन ‘अतिवादी धर्मगुरुलाई चौधरी ग्रुपले नेपाल ल्याउँदै’ भन्ने शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

त्यही समाचारको विरोधमा हिन्दूवादी संघ संगठनहरूले मंगलबार बिहान बाइपास सडकमा पत्रिकाको गाडी रोकेर कान्तिपुर पत्रिका जलाउनुको साथै ‘हिन्दु विरोधी कान्तिपुर मुर्दावाद’ को नारापनि लगएका हुन् ।

यसैबिच मंगलबार सांझ वीरगंज मै कान्तिपुरको विरोधमा प्रदर्शन समेत भएको छ । वीरगंजको घडिअर्वाबाट निस्केको विरोध प्रदर्शन घण्टाघरमा पुगी सम्पन्न भएको थियो ।

विरोध प्रदर्शनमा सहभागिहरुले हिन्दु धर्म माथि टिका टिपन्नी गर्न पाइदैन, हिन्दु विरोधी कान्तिपुर मुर्दाबाद लगायतको नारा लगाउनुको साथै कान्तिपुर पत्रिका समेत जलाएका थिए ।

उनीहरुले कान्तिपुरले छमायाचना माग्नु पर्ने वताए । प्रदर्शनकारीहरुले कान्तिपुरले छमायाचना नमागे कान्तिपुर पत्रिका वीरगंज आउन नदिने धम्की समेत दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ