सप्तकोशीमा पानीको वहाव उच्च, कोशी ब्यारेजका सबै ढोका खोलिए

सप्तकोशीमा पानीको वहाव उच्च, कोशी ब्यारेजका सबै ढोका खोलिए

  • सोमवार, साउन २९, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

सप्त कोशीमा पानीको वहाव उच्च भएको छ । अविरल वर्षाका कारण नदीमा आएको बाढीका कारण उच्च खतरा देखिएपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका एकैपटक खोलिएका छन्।

सप्तरी र सुनसरी जिल्लाको बीचमा सप्तकोसी नदीमाथि निर्मित १ हजार १ सय ७५ मिटर लामो पुलका सबै ढोका खुला गरिएका छन् । आज बिहान ४ बजेदेखि अहिलेसम्म निरन्तर रूपमा ब्यारेजमा प्रतिसकेन्ड ४ लाख ६२ हजार ३ सय ४५ क्युेसेक पानी उच्च गतिमा बगिरहेको छ।

कोशीमा पानीको बहाव २५ वर्षपछि यति धेरै भएको हो। कोसी ब्यारेजमा अहिले आवतजावत पूर्ण रूपमा बन्द गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ