अस्ट्रेलियामा नइ नारी गौरवी पुरस्कार

अस्ट्रेलियामा नइ नारी गौरवी पुरस्कार

  • सोमवार, साउन २९, २०८०
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

सिड्नी, नइ एकेडेमी अस्ट्रेलियाले तीज महोत्सव भव्य रुपमा सम्पन्न गरेको छ । गत ११ अगष्टमा ग्रानभिलको रातो घरमा नइ एकेडेमीले अस्ट्रेलिया भर रहेका विभिन्न विधामा उत्कृष्ट नारीहरुलाई ‘नइ नारी गौरवी पुरस्कार’ ९नइ एकेडेमी अस्ट्रेलिया वुमन अफ द इयर- २०२३ अवार्ड० द्वारा सम्मान गरियो । साथै तीज विशेष कार्यक्रम भव्य रुपमा मनाएको थियो ।

सो अवसरमा नइ एकेडेमी अस्ट्रेलियाले स्वेता मैनाली, उषा किरण बारिया, रञ्जु वाग्ले, प्रतिष्ठा गौतम, एन्जी शेर्पा, निना शाही, प्रतिज्ञा अधिकारी र अनुषा श्रेष्ठलाई अवार्ड प्रदान गरिएको थियो । उनीहरुले विभिन्न क्षेत्रमा पुर्याएको सामाजिक योगदानका आधारमा मूल्यांकन गरि अवार्ड प्रदान गरिएको हो ।

त्यस्तै आर्ट कल्चर सोसल सर्भिसतर्फको अवार्ड नारी निकुञ्जलाई प्रदान गरिएको छ । साथै डा।अचना कोइरालालाई साईन्स एण्ड टेक्नोलोजितर्फ अवार्ड प्रदान गरिएको छ ।

तीज महोत्सवमा कलाकारहरु सुनिश कटुवाल, निशा केसी, बिन्दु पौडेल र दिपशी भट्टलगायतले आफ्नो गीत प्रस्तुत गर्दै दर्शकहरुलाई नचाएका थिए ।

समारोहमा सांस्कृतिक संयोजक जेनिशा गौतम, साहित्य सहसंयोजक समु उप्रेती, महासचिव प्रनाव थापा, सचिव सुनिल कटुवाल, कोषाध्यक्ष सुर्जीत आचार्य, सदस्य निशा गौतम, इन्दिरा भट्ट, साजन भण्डारी, मनोज के।सी संचालक वालमुकुन्द तिमिल्सेना, अविनाश शर्मा लगायतको विशेष योगदान रहेको थियो ।

उक्त समारोहमा नइ एकेडेमी अस्ट्रेलियाकी अध्यक्ष सीमा रोशीले स्वागत गर्दै संस्थाका बारे जानकारी दिएकी थिइन् । कार्यक्रममा बोल्दै एनआरएनका अध्यक्ष नन्द गुरुङले एनआरएनएको एउटा उद्धेश्य कला संस्कृतिलाई अगाडी बढाउनु रहेको भन्दै नइका कार्यक्रमले नेपाली संस्कृत, कला र भाषाको उत्थानका लागि योगदान दिने बताए । उनले यस्ता कार्यक्रमप्रति आफ्नो सदैव सदासयता रहने बताए । त्यस्तै नवनिर्वाचित अध्यक्ष अनिल पोखरेलले हालै निर्वाचित एनआरएनएको नयाँ समिति सक्रिय रहेको भन्दै कला संस्कृतिको उत्थानका लागि नइ एकेडेमीजस्ता संघ संस्थासँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

एनएसडब्ल्यू मेम्बर डोना डेविसले नेपाली समुदाय अन्य समुदायजस्तै नइ एकेडेमी पनि ठूलो समुदाय रहेको बताइन् । साथै उनले नेपाली संस्कृतिलाई महत्वका साथ हेरेको भन्दै अझै अगाडि बढाउन सहयोग गर्ने बताईन् । उनले नइ एकेडेमी जस्ता नेपाली संघसंस्थासगं सहकार्य गर्न आफू सदैव तत्पर रहने बताइन् ।

समारोहमा जेनिशा गौतम, निशा केसीले आआफ्ना स्वर प्रस्तुत गरेका थिए । उनीहरुको स्वर सुन्न अस्ट्रेलियाका नेपालीहरु लालयित हुने गर्छन् । एनआरएनएका निवर्तमान अध्यक्ष नन्द गुरुङको प्रमुख आतिथ्यता रहेको उक्त समारोहमा एनआरएनएका नवनिर्वाचित अध्यक्ष अनिल पोखरेल, नेपाली समाजकी अगुवा ईन्द्रा वन, एनएसडब्ल्यू पार्लामेन्ट सदस्य डोना डेविस, नारी निकुञ्जकी पूर्व अध्यक्ष प्रतिज्ञा अधिकारी, अनेसा पूर्व अध्यक्ष सानु घिमिरे, एनआरएनए आईसी सदस्य रमेश अधिकारी, एनआरएनए सहकोषाध्यक्ष रोजी पन्थ, नारी निकुञ्ज एनएसडब्ल्यू अध्यक्ष सवला बस्नेत, नारी निकुञ्ज पूर्व डेप्युटी कोअर्डिनेटर भवानी पराजुली र रुपन्देही सामाजिक सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी