२५ साउन, काठमाडौं । कपनमा खहरे खोला अतिक्रमण गरेर बनेका घर हटाउने भन्दै काठमाडौं महानगरपालिकाको डोजर पुगेपछि तनाव भएको छ ।
काठमाडौं महानगरपालिका १० र बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ को सिमानामा रहेको साततले चोक नजिकैको खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी खोला मिचेको पाइएकाले त्यो भत्काउन आएको महानगर प्रहरीका डिएसपी मिनबहादुर थापाले बताए ।
उनले सामाखुसी खोला जसरी नै यो खोला पनि खोल्ने योजना रहेको बताए । तर बूढानीलकण्ठ नगरपालिका र त्यहाँका स्थानीयबासिन्दाले डोजर चलाउन दिएका छैनन् । वर्षाको समयमा डोजर आतंक गरेको भन्दै उनीहरुले महानगरविरुद्ध नाराबाजी गरिरहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline