संखुवासभाको जेलमा कुटेर दुई कैदी मारिएको आशंका

संखुवासभाको जेलमा कुटेर दुई कैदी मारिएको आशंका

  • बुधबार, साउन २४, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

खाँदबारी साउन २४। जिल्ला कारागार संखुवासभा दुईजना कैदीबन्दीको मृत्यु भएको छ । कारगारमा रहेका मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश वलामीको बुधबार बिहान रहस्यमय मृत्यु भएको हो।

मंगलबार राति १ बजेतिर कारागारको शौचालयबाट भाग्ने क्रममा रहेका उनीहरुलाई कारागार प्रहरीले पक्राउ गरी कारागार प्रशासनलाई बुझाएको डीएसपी विरेन्द्र गोदारले जानकारी दिए ।

त्यसपछि उनीहरुमाथि कारागार भित्र कुटपिट भएको स्रोतले बताएको छ । अहिले शव जिल्ला अस्पतालमा शवगृहमा राखिएको छ । बलात्कार मुद्दामा कैद सजाय भुक्तान गरिरहेका तोलाङ्गी र चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका बलामी कारागारबाट भाग्ने प्रयास गरेका थिए । घटना पछि जिल्ला कारागार परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

घटनाको अनुसन्धानका लागि छानबिनका समिति गठन गरिने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ