२३ साउन, काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ कालीखोलालगायत नारायणगढ(मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरोले बिहानै साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको हो ।
बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य गरिरहेको छ । पहिरो थप गएन भने आजै बाटो खुलाउने गरी कार्य भईरहेको सो कार्यलयले जनाएको छ ।
यस सडक खण्डमा जहिल्यै पहिरो जाँदा सवारी साधनहरु जाममा पर्ने, दुर्घटनामा पर्ने जोखिम रहने गरेको छ भने यात्रुले सास्ती भोग्नु परेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline