अमेरीकालाई पाखा लगाउदै स्वीडेन महिला विश्वकपको क्वार्टरफाईनलमा

अमेरीकालाई पाखा लगाउदै स्वीडेन महिला विश्वकपको क्वार्टरफाईनलमा

  • सोमवार, साउन २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

साविक विजेता अमेरिका फिफा विश्वकप २०२३ को अन्तिम १६ बाटै बाहिरिएको छ। आइतबार मेलवर्नमा भएको खेलमा स्विडेनसँग सडनडेथ ५(४ गोलले पराजित भएसँगै अमेरिका अन्तिम १६ बाट बाहिरिएको हो। साविक विजेतालाई पन्छाएको स्विडेनले अब सेमिफाइन प्रवेशका लागि जापानसँग खेल्नेछ। स्विडेन र जापानबीचको अन्तिम आठको खेल आगामी शुक्रबार हुनेछ।

आइतबार अमेरिका र स्विडेनबीचको खेलको निर्धारित र एक्स्ट्रा समयको खेल गोलरहित बराबरीमा सकिएको थियो।

त्यसपछि पेनाल्टी सुटआउटमा पुगेको खेलको पहिलो पाँच पेनाल्टीमा दुवै टिमले ३–३ गोल गरेका थिए। जसमा स्विडेनकी नाथाली बिजोनको प्रहार आकासिदा रेबिकाको प्रहारलाई अमेरिकाकी गोलकिपरले विफल पारिन्। यस्तै अमेरिकाका मेघन रिप्पोन र सोफिया स्मिथको प्रहार आउट भयो।

सातौं पेनाल्टी प्रहार गर्न आएकी अमेरिकाकी केली ओ’होराको प्रहार पनि आउट भएको थियो। स्विडेनका लागि सातौं पेनाल्टी हानेकी लिना हुर्टिङको प्रहार अमेरिकाकी गोलकिपर नेहरको हातमा लागेर गोल भएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ