साउन २१ काठमाण्डौँ । रवि लामिछानेले चितवन क्षेत्र नं २ मा अस्पतालको एम्बुलेन्स लिएर आफू खुसी नियम विपरीत पार्टीको झण्डाको रंग फेरेर निशुल्क सेवा दिएको चर्चा गराए पनि अहिले विवादमा परेका छन् ।
नियम कानुन निर्माण गर्ने संसदको प्रतिनिधि भएर सुसासनको हल्ला गर्दै स्थापित भएका लामिछाने आफैले सेवाको नाममा शुरु गरेको बस र एम्बुलेन्सको रंग फेरेका हुन् । त्यसले अहिले आलोचनाको सामना गर्नु परेपछि लामिछाने फेरी पत्रकारसँग आक्रोशित भएका छन् ।
मिडियाले उनका बारेमा प्रश्न उठाउनासाथ पत्रकार बिरुद्ध लामिछाने खनिदै आएका छन् । उनले आज पनि पत्रकारहरुले अनावस्यक खेदो खनेको भन्दै आफु बिरुद्ध पत्रकारले सक्दै नसक्ने ठोकुवा गरेका छन् ।
रास्वपाले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० विपरीत एम्बुलेन्सको रङ परिवर्तन गरेर ‘मोबाइल क्लिनिक’ लेखेको थियो। मोबाइल क्लिनिक लेखिएको गाडी मेडिकल कलेजलाई नै फिर्ता गरेर अर्को गाडी भाडामा लिने तयारी गरिएको बुझिएको छ । रङ परिवर्तनले विवाद परेपछि लामिछानेले सो एम्बुलेन्सलाई फेरी पुरानै रंगमा बदल्न लगाएका छन् ।
‘
यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को दफा ११ ले आफूखुसी रङ परिवर्तन गर्न दिँदैन। सवारीको किसिम, इन्जिन, च्यासिस, रङ सिट, बडी निर्माण गर्नु परेमा यातायात व्यवस्था विभागबाट अनुमति लिनुपर्ने प्रावधान छ।